वैदेशिक रोजगार विभागले अनलाइन प्रणाली पुन : लागु गदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

वैदेशिक रोजगार विभागले अनलाइन प्रणाली पुन : लागु गदै



काठमाडौं । वैदेशिक रोजगार विभागले संस्थागत श्रम स्वीकृति पुर्ण रुपमा अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । विभागले सुचना जारी गदै आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरेको हो ।

अनलाइन प्रणालीले बैदेशिक रोजगार विभागमा हुने भिडभाड हट्न गई सेवाप्रवाहमा सुधार आएकाले उक्त कार्यलाई निरन्तरता दिदै यो व्यवस्था लागु गरेको जनाएको छ ।

कार्यालयले गत माघदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिँदै आएको छ । पुनः श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र हुन थालेसँगै दैनिक एक हजारभन्दा धेरै सेवाग्राहीले कार्यालयमा उपस्थित नभई अनलाइनबाटै सेवा लिँदै आएका छन् ।

श्रम मन्त्रालयले श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र पारदर्शीरूपमा सेवाप्रवाह गर्न अनलाइन प्रणाली लागु गरेको बताएको छ ।

कागजात जाँच गर्न समय लाग्ने तथा कहिलेकाहीँ सर्भरको समस्या हुनसक्ने भएकाले तीन दिनअघि नै श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिनुपर्ने बताएको छ ।

प्रकाशित : २५ चैत्र २०७८, शुक्रबार १७:२२