आईएमईले१५ औं वार्षिकोत्सव भुकम्प पिडितको सहयोग गर्दै मनायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आईएमईले१५ औं वार्षिकोत्सव भुकम्प पिडितको सहयोग गर्दै मनायो



काठमाडौं। इन्टरनेशनल मनिएक्सप्रेस (आईएमई) स्थापनाको १५ औं वर्षमा प्रवेश गरेको छ । सधैंजसो कार्यालय परिसरमा मनाइँदै आएको वार्षिकोत्सव यो वर्ष भने फरक तरिकाले मनाएको छ । कम्पनीले काठमाडौंको र्कितिपुरमा भुकम्पले भत्काएरका घरहरु हटाउने तथा सरसफाई गरेर १५ औं वार्षिकोत्सव मनाएको छ ।

‘१५ औं वार्षिकोत्सव जिम्मेवारीको’भन्ने नाराका साथ आफ्नो वार्षिकोत्सव मनाएको आईएमईले विविध विशेष सामाजिक कार्यक्रमको आयोजना गरेको थियो । वित्तिय क्षेत्रमा विशष्टि पहिचान बनाइसकेको त्यसमा पनि मनिएक्सप्रेसमा अलग्गै ख्याती प्राप्त आईएमईले आफ्नो चारखम्बे सामाजिक उत्तरदायित्व नीति अन्तर्गतका स्वास्थ्य, सुरक्षा,  शिक्षा र वातावरण जस्ता क्षेत्रमा सामाजिक योगदान पुर्याउँदै आएको जनाएको छ ।

यस अघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ जम्मा गरेको आईएमईले भग्नावशेष हटाउने कार्यमा आईएमई समुहका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा आईएमईका ७५ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : ३२ जेष्ठ २०७२, सोमबार १५:०७