त्रिबेणी र अरनिको डेभलपमेन्ट बैंकको कमाई बढ्दा कन्चनको किन खुम्चियो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

त्रिबेणी र अरनिको डेभलपमेन्ट बैंकको कमाई बढ्दा कन्चनको किन खुम्चियो ?



Bankत्रिबेणी विकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ८० प्रतिशतले खुद मुनाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले यस अवधिमा २ करोड ४९ लाख रुपैयाँ कमाउन सफल भएको छ।

यस अवधिमा बैंकले खुद ब्याज आम्दानी ९ करोड २ लाख रुपैयाँ रहेको छ भने ८५ प्रतिशतले बढाएर ३ करोड ७ लाख संचालन मुनाफा गरेको छ। त्यस्तै जगेडा कोष रकम ४४ करोड २ लाख रुपैयाँ पुर्याउन सफल भएको छ।

बैंकले करिब १५ प्रतिशतले निक्षेप बढाएको छ भने यस अवधिमा ८ अर्ब ८ करोड कर्जा प्रवाह गरेको छ। बैंकले २९ लाख रुपैयाँ उठ्न नसकेको खराब कर्जा उठाएको छ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १२ दशमलब १६ रुपैयाँ, प्रती शेयर नेटवर्थ १५४ रुपैयाँ १८ पैसा र मूल्य आम्दानिको अनुपात ४१ दशमलब १९ गुणा रहेको छ।

अरनिको डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ८१ लाख ७२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। जुन गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा दोब्बर बढीले हो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५८ प्रतिशतले बढेर २ करोड ५० लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ९८ लाख रुपैयाँ रहेको छ भने बैंकले खराब कर्जा बापत २९ लाख ७७ हजार उठाउन सफल भएको छ। खराब कर्जा अनुपात १ दशमलब ६४ प्रतिशत रहेको छ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६८ पैसा, मूल्य आम्दानीको अनुपात २९ दशलमव १८ गुणा, प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ  ८५ पैसा रहेको छ।

कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खासै प्रगति गर्न नसकेको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा ७६ लाख कमाइ गरेको बैंकले यस अवधिमा भने ८१ लाख रुपैयाँ मात्र कमाई गर्न सफल भएको छ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २ करोड ८८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ९ करोड ४६ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकले उठ्न नसकेको खराब कर्जा उठाउन असफल हुँदा पनि कमाईमा प्रभाब परेको देखिन्छ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १६ रुपैयाँ ४४ पैसा, प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ७८ रहेको छ। बैंकको खराब कर्जा अनुपात २ दशमलब ९० प्रतिशत पुगेको छ।

प्रकाशित : ११ कार्तिक २०७३, बिहीबार १२:३९