धितोपत्र बोर्डद्धारा ६ ब्रोकर र मर्चेन्ट बैंकरको कारोवार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

धितोपत्र बोर्डद्धारा ६ ब्रोकर र मर्चेन्ट बैंकरको कारोवार रोक्का



bordकाठमाडौं, ११ कात्तिक  । नेपाल धितोपत्र बोर्डले विहिबारदेखि एकसाथ ६ ब्रोकर कम्पनीहरुकोे कारोबारको रोक्का गरेको छ । आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र अघिल्लो आर्थिक वर्षमा धितोपत्र व्यवसाय गरेको संचालन विवरण लेखापरीक्षण भएको नाफा नोक्सानको हिसाब, वासलात र नगद प्रवाह विवरण तथा अन्य आवश्यक आर्थिक विवरणहरु बोर्ड समक्ष पेश गर्नु पर्ने भएपनि पेश नगरेको भन्दै कारोबार रोक्का गरेको जनाएको छ । ती कम्पनीलाई सात कार्यदिनसम्म कारोबार गर्न पूर्ण रुपमा रोक लगाइएको हो ।

कारवाही पर्नेमा ब्रोकर नं ३२ प्रिमियर सेक्युरिटज, ब्रोकर नं ५ मार्केट सेक्युरिटज, ब्रोकर नं ३ अरुण सेक्युरिटज, ब्रोकर नं ७ जे.एफ.सेक्युरिटज, ब्रोकर नं ३९ सुमेरु सेक्युरिटज र ब्रोकर नं ५२ सुन्धारा सेक्युरिटिज रहेका छन् । साथै मर्चेन्ट वैंकरहरु (नागरिक लगानी कोष, बिड इन्भेष्टमेन्ट लि., भिवोर क्यापिटल लि., र सिद्धार्थ क्यापिटल लि.) लाई ७ कार्य दिन मर्चेन्ट वैकिङ्ग व्यवसाय सम्वन्धी नयाँ सम्झौता/नयाँ कार्य गर्न रोक लगाईएको छ । यसले संस्थागत सुशासन, पारदर्शिता र अनुपालनामा सुधार ल्याइ पूंजीबजारको विकासमा थप टेवा पुग्नेछ भन्ने बोर्डको विश्वास रहेको छ ।

प्रकाशित : ११ कार्तिक २०७३, बिहीबार १५:३३