आज ५० करोडको रिभर्स रिपो आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आज ५० करोडको रिभर्स रिपो आउने



Nepal-Rastra-Bank_Panorama1_20111122085657काठमाडौं, १९  कात्तिक । वित्तीय प्रणालीबाट नेपाल राष्ट्र बैंकले शुक्रबार ५० करोड रुपैयाँबराबरको तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले बिहिबार रिभर्स रिपो जारी गर्दै उक्त अनुपातमा तरलता प्रशोचन गर्न लागेको हो ।

आज दिउँसो २ बजे शुरु हुने रिभर्स रिपो क, ख र ग वर्गका बैंकले मात्रै खरीद गर्न पाउने राष्ट्र बैंकले जानकारी दिएको छ । ६ दिने अवधिको उक्त रिभर्स रिपो आगामी बुधबार (कात्तिक २४ गते) परिपक्व हुनेछ । राष्ट्र बैंकका अनुसार रिभर्स रिपो खरीदका लागि अनलाइन बिडिङ सिष्टममार्फत मात्र बोलकबोल गर्न सकिने अभियान दैनिकमा खबर छापिएको छ ।

प्रकाशित : १९ कार्तिक २०७३, शुक्रबार ०२:५४