एनएमबी माइक्रो फाइनान्सको मंसिर ६ गतेदेखि १२० प्रतिशत हकप्रद निश्कासन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबी माइक्रो फाइनान्सको मंसिर ६ गतेदेखि १२० प्रतिशत हकप्रद निश्कासन हुने



काठमाडौ । एनएमबी  माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले आगामी मंसिर ६ गतेदेखि १२० प्रतिशत हकप्रद निश्कासन गर्ने भएको छ ।  बिहीबार एक सूचना प्रकाशित गर्दै माइक्रो फाइनान्सले हकप्रदका लागि आवेदन दिने समय २०७३ पुस ३० गतेसम्म रहने बताएको छ ।

एनएमबी माइक्रो फाइनान्सले १ सय रुपैयाँ अंकित मूल्यको कुल ५ लाख ५२ हजार कित्ता हकप्रद निश्कासन गर्नेछ । एनएमबीको बुक क्लोजको मिति कात्तिक १८ गते तोकिएको छ । कात्तिक ११ गतेभित्र एनएमबीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउने व्यवस्था मिलाइएको छ ।

लक्ष्मी क्यापिटल मार्केट लिमीटेड एनएमबी माइक्रो फाइनान्सको हकप्रदको निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । इच्छुक सेयरधनीले नयाँ बानेश्वरस्थित लक्ष्मी क्यापिटल लिमीटेडको मुख्य कार्यालय, नागपोखरी स्थित एनएमबी क्यापिटल लिमीटेडको मुख्य कार्यालयबाट आवेदन दिनसक्नेछन् । यसैगरी, लक्ष्मी बैंकको विराटनगर, नेपालगञ्ज, धनगढी शाखा तथा एनएमबी बैंकको कास्कीको हेम्जा, उदयपुर, ताप्लेजुंग, सल्लेरी र सोलुखुम्बु शाखाबाट समेत हकप्रदका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ ।

यो माइक्रो फाइनान्सले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनसको प्रस्ताव समेत गरेको छ । यो प्रस्ताव स्वीकृतिका लागि नियामक नेपाल राष्टबैंक पुगेको छ । कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पनि यो प्रस्ताव पारित हुनुपर्नेछ । मंसिर १८ गते एनएमबी माइक्रो फाइनान्सको चौथो वार्षिक साधारणसभा हुँदैछ । यो माइक्रो फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७२/७३ मा २ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो । यसको चुक्तापूँजी ७ करोड ४१ लाख रुपैयाँ रहेको छ । १२० प्रतिशत हकप्रदपछि चुक्तापूँजी १६ करोड ३० लाख पुग्नेछ ।

इक्रा नेपालले एनएमबी माइक्रो फाइनान्सले निश्कासन गर्न लागेको हकप्रदलाई आइपीओ ग्रेड ४ को रेटिंग प्रदान गरेको छ । यो कम्पनीको अक्टोबर २७ को अन्तिम सेयर कारोबार मूल्य प्रति कित्ता ४२२२ रुपैयाँ रहेको छ ।

प्रकाशित : १९ कार्तिक २०७३, शुक्रबार ०३:०८