माछापुच्छ्रे बैंकले गर्यो २१ प्रतिशत बोनस प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

माछापुच्छ्रे बैंकले गर्यो २१ प्रतिशत बोनस प्रस्ताव



काठमाडौं २१ कातिक । माछापुच्छ्रे बैंक ले आफ्ना सेयरधनीलाई २०.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको विहिबार बसेको संचालक समितिको बैठकले गतबर्षको खुद मुनाफाबाट २०.७५ प्रतिशत बोनश तथा कर प्रयोजनको लागि १.०९ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो ।  बैंकले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात लगानीकर्तालाई वितरण गरिनेछ । हाल बैंकको चुक्तापूँजी ३ अर्ब ८६ करोड रुपैयाँ तथा जगेडा कोषमा १ अर्ब ५१ करोड रुपैयाँ छ । २०.७५ प्रतिशत बोनस बाँडेपछि बैंकको पुँजी ८० करोड रुपैयाँले बढ्नेछ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ७४ आषाढ मसान्त भित्रमा ८ अर्ब चुक्तापूँजी पु¥याउने प्रक्रियामा रहेको बैंकले हालको चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने क्रममा रहेको छ । बैंकले हकप्रद प्रयोजनका लागि गत कात्तिक १२ गते नै सेयरधनी दर्ता पुस्तिका बन्द गरिसकेको छ ।

बैंकले एक अर्ब ९३ करोड रुपैयाँ बराबरको अर्थात हाल कायम पूँजीको ५० प्रतिशत हकप्रद जारी गरेपछि चुक्ता पुँजी ५ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ । त्यसपछि बोनस जोड्दा चुक्ता पुँजी ६ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ । यसका साथै, बैंकले थपपूँजी बृद्धि तथा व्यवसाय विस्तारका लागि अन्य कुनै बैंक वा वित्तिय संस्थासंग मर्जरर एक्विजिसन गर्ने र आवश्यक पुँजी जुटाउन थप हकप्रदको प्रस्ताव समेत आगामी साधारणसभा लैजान सक्ने बुझिएको छ । बैंकले गतआर्थिक वर्षमा ८९ करोड १८ लाख रुपैंयाँ खुदनाफा गरेर प्रतिशेयर आम्दानी २३ रुपैंया ०८ पैसा कायम गरेको थियो

प्रकाशित : २१ कार्तिक २०७३, आईतवार ०६:४४