टाटा कम्पनीमा मिस्त्री काण्ड, यस्तो छ रहस्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

टाटा कम्पनीमा मिस्त्री काण्ड, यस्तो छ रहस्य



cyrus-mistry_122712115015काटमाडौ २१ कात्तिक । बहुराष्ट्रिय कम्पनी  टाटा कम्पनीमा अहिले मिस्त्री काण्डले हलचल मच्चाएको छ । विना कुनै खबर सायरस मिस्त्रीलाई अध्यक्ष पदबाट निकालिएपछि यस घटनाले विश्व आर्थिक क्षेत्रमा एक  खालको तरङ्गनै सृजना गरिरहेको छ । जसको कारण सेयर बजारमा समेत गिरावट आइरहेको छ ।

मिस्त्रीलाई सामान्य जानकारी समेत नदिइ पदच्यूत गर्नुले विश्व कर्पोरेट क्षेत्रकै धज्जी उडाएको केही व्यवसायीहरुको तर्क छ । यसलाई  कर्पोरेट विश्व इतिहाँसको पहिलो घटना पनि भनिएको छ । टाटा कम्पनीका दुई रतन टाटा र सायरस मिस्त्रीको कार्यकालको दौरानमा उनीहरुबिचको मनमुटावले हालैको बर्षमा कम्पनीले सबैभन्दा बढी नोक्सान बेहोर्नुपरेको छ ।
स्रोतका अनुसार मिस्त्रीलाई घाटामै चलिरहेको  टाटा स्टिल्स ,टाटा केमिकल्स,टाटा पावर,टाटा सर्भिसेज जस्ता कम्पनी  विरासतमा दिइएको थियो । कम्पनी घाटामा गइरहेको बेला मिस्त्रीलाई हटाइयो । पहिले नै कम्पनीका विभिन्न अधिकारिको चयन प्रक्रिया कठिन नै थियो त्यसै  मध्यबाट छनौट समितिले सायरस मिस्त्रीलाई चयन गरेको थियो ।

सन २०११ मा यस्तै खालको ओलम्पस स्क्याण्डल भएको थियो । ब्रिटेनका माइकल उडफर्डलाई अंतरराष्ट्रीय ऑप्टिकल उपकरण निर्माताको प्रमुख कार्यकारी  अधिकृतको पदबाट निकालिएको थियो ।

किन हटाइयो सायरस मिस्त्रीलाई

आर्थिक ,नैतिक र स्वामित्व जस्ता कारणलाई आधार मान्दै मिस्त्रीलाई हटाइएको रतन टाटाका वकिल अभिषेक मनु सिंघवीले बताएका छन् । सायरस मिस्त्रीले बोर्ड मेम्बरलाई पठाएको पाँच पेजको इमेलमा लगातार रतन टाटालाई अनुचित हस्तक्षेपको आरोप लगाइएको थियो । मिस्त्रीले आफुलाई गलत तरिकाबाट हटाइयो भन्ने कुरा बारम्बार बोर्ड मेम्बरसँग गरे पनि बोर्ड मेम्बर त्यति पनि सोच्न नसक्ने छैनन की सही के हो गलत के हो रु सिंघवीले बयानमा भने ।

एकवर्षमा एक खर्ब डलरभन्दा बढी कारोबार गर्ने टाटा समुहको टाटा सन्स कम्पनीले सायरस मिस्त्रीलाई अध्यक्ष पदबाट हटाएर चारमहिनाका लागि अन्तरिम अध्यक्ष रतन टाटा बनिसकेका छन् ।

विवादको कसरी सुरू भयो

सन् २००२ देखि २००८ सम्म भारत र विश्व अर्थव्यबस्थामा ठुलो छाल आएसँगै रतन टाटाले विश्वमा कम्पनिहरू स्थापना गर्न सुरुगरेका थिए । यस समयमा उनले धेरै कम्पनिहरुको अधिग्रहण गरे । कति कम्पनि र होटलहरु पनि  किने । यीनिहरु मध्ये कतिपय कम्पनिहरु अधिग्रहण ठिक थिएनन् । मिस्त्रीले विरासतमा पाएका मुनाफा नकमाउने कम्पनिहरु बेचे कतिपय त उनको निणर्य उल्टाइत्थो  उनीहरुको असहमतिको कारण यसैलाइ लिइन्छ । अहिले सम्मको इतिहासमा टाटाको नेतृत्वमा आएको यो पहिलो विबाद हो ।

कम्पनी के भन्छ
१० हजार करोड डलरको होल्डिङ कम्पनी टाटा सन्सको अध्यक्ष पदबाट हटाइएपछि उनले बोर्ड मेम्बरलाई पठाएको पाँच पेजको इमेलमा आफ्नो कम्पनीको इमेज बिगारेको र यसलाई अक्ष्यम्य प्रयास भनिएको छ । कम्पनीले  नेतृत्वको बदलावले यूरोपियन स्टिल्स रणनीतिक योजनामा कुनै पनि बदलाव नआउने उल्लेख गरेको छ ।  ४८ बर्षका साइरसले नैतिकताको आधारमा पनि आफैले राजीनामा दिनुपर्ने कम्पनीको तर्क छ । टाटा समुहको सफलताको लागि पनि सायरस मिस्त्रीलाई हटाउनुपर्ने भएको थियो । यो विचार सोचेर बुझेर नै गरिएको रतन टाटाको भनाई छ । कम्पनीले आफ्ना कर्मचारीलाई यो पनि भनेको छ की हामी तपाईहरुमाझ विश्वस्तरीय नेतृत्व क्षमता भएको नेतृतवकर्ता ल्याउने छौ ।

सायरस मिस्त्री के भन्छन्
टाटाले आफ्नो काममा लगातर हस्तक्षेप गरेको मिस्त्रीको आरोप छ । उनले कुनै कारण विनानै आफुलाई टाटा सन्सको अध्यक्ष पदबाट हटाएको बताएका छन् । सायरस मिस्त्री र रतन टाटाविच वाकयूद्धनै चलिरहेको छ ।  एकले अर्कालाई आक्षेप लगाइरहेका छन् ।

साना लगानीकर्ता रूष्ट, टाटाको नालायकिपनले मिस्त्रीले काम गर्न पाएनन्

टाटा ग्रुपका अध्यक्ष साइरस मिस्त्रीलार्इ हटाउने निर्णयले विश्व बजारमा हलचल त ल्याएको छ नै त्यसको साना लगानीकर्ताले विरोध गरेका छन् । टाटा समूहमा लगानी गरेका साना लगानीकर्ताले मिस्त्री हटाउने रतन टाटाको निर्णय गलत भएको बताउँदै मिस्त्रीलार्इ हात खुट्टा बाँधेर काम गर्न नदिएको आरोप लगाएका छन्।  टाटा जस्तो ठूलो कम्पनी सम्हाल्न मिस्त्रीले लिएको बाटो सही भएको लगानीकर्ताको ठम्यार्इ छ। टाटा समूह अन्तर्गतको टाटा स्टिलमा ९ लाख ५ सय ४५,टाटा कन्स्ल्टेतन्सी सर्भिसमा ६ लाख ३० हजार ४ सय ६७,टाटा मोर्टसमा ४ लाख २७ हजार २ सय ५३,टाटा टेलिसर्भिसेजमा ३ लाख ८० हजार २ सय ६,टाटा पावरमा ३ लाख २ हजार १ सय ८१,टाटा केमिकल्समा १ लाख ७८ हजार ५ सय २८,टाटा ग्लोबलमा १ लाख ७१ हजार ९ सय ५०,इन्डियन होटल्समा १ लाख २८ हजार ३ सय ८८,टाइटन कम्पनीमा १ लाख ६ हजार ५ सय १४ र भोल्टासमा ९५ हजार ९ सय ५४ साना लगानीकर्ता छन्।

टाटा समुह के हो रु
टाटा समुह  एउटा नीजि व्यावसायिक समुह हो । पहिलेदेखिनै टाटा परिवारका एक सदस्य यसको अध्यक्ष रहने व्यवस्था छ । टाटा कम्पनी  पुरानो कम्पनी हो । यसमा ५० बर्षदेखि रतन टाटा जोडिएका छन् । उनी २१ बर्षसम्म टाटा कम्पनीका अध्यक्ष समेत भइसकेका छन् । यसको स्थापना जमसेतजी टाटाले गरेका थिए । सन् २०१२ मै रतनले सायरसलाई कम्पनीको उत्तराधिकारी बनाएका थिए । इन्जिनियरिङ सुचना प्रविधि ,सञ्चार ,अटो मोवाइल,रासायनिक उद्योग ,उर्जा ,सफ्टवेयर, होटल ,स्टिल तथा विभिन्न उपभोग्य सामाग्रीका साथ यसको व्यवसायमा विविधिकरण छ । बहुराष्ट्रिय कम्पनीको वार्षिक कारोबार मात्रै १ खर्ब अमेरिकी डलर रहेको छ ।

एजेन्सीको सहयोगमा  (

प्रकाशित : २१ कार्तिक २०७३, आईतवार ०९:५४