शुभेच्छालाई गाभे पछि गरिमाको यस्तो छ प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शुभेच्छालाई गाभे पछि गरिमाको यस्तो छ प्रगति



moneyकाठमाडौ २१ कातिक । गरिमा विकास बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ४ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गतबर्षको यसै अवधिको तुलनामा ६२ प्रतिशतभन्दा बढी हो । शुभेच्छा विकास बैंकलाई गाभेर गत असोज ४ देखि एकीकृत कारोबार थालेको बैंकले प्रति सेयर आम्दानी १७ रुपैयाँ ३३ पैसा देखाएको छ ।

भरतपुरको चितवनमा केन्द्रीय कार्यालय रहेको शुभेच्छा विकास बैंक र पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक एकआपसमा गाभिएर गरिमा विकास बैंक बनेको हो । बैंकले गत असोज ४ गतेदेखि एकिकृत कारोबार थालेको थियो ।

बैंकले आफ्नो व्याजदरमा बृद्धिगरेसँगै नाफामा बृद्धि भएको हो । १ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको सो बैंकको जगेडा कोषमा ५० करोड रुपैयाँ रहेको छ ।बैंकले हालसम्म १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यसअवधिमा बैंकको खराब कर्जा भने केही बढेको छ । २ करोड ७७ लाख रुपैयाँ प्रोभिजनमा राखेको बैंकको शुन्य दशमलव ६६ प्रतिशत खराब कर्जा रहेको छ । बैंकको प्रति सेयर आम्दानी १७ रुपैयाँ ३३ पैसा छ । मुल्य आम्दनी अनुपात २०।५५ गुणा, प्रतिसेयर नेटवर्थ १४६।८९ रुपैयाँ रहेको छ । मर्जर पश्चात एकिकृत कारोबार थालेपनि बैंकको नेप्सेमा कारोबार भने खुलेको छैन ।

प्रकाशित : २१ कार्तिक २०७३, आईतवार १०:३१