आइएमइद्वारा भाग्यशाली बिजेताको घोषणा, ४ जनालाई युएम वाइक उपहार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आइएमइद्वारा भाग्यशाली बिजेताको घोषणा, ४ जनालाई युएम वाइक उपहार



काठमाडौ २२ कातिक  । बिदेशवाट रेमिट्यान्स भित्राउने नेपालको महत्वपूर्ण कम्पनी आइएमइ इन्टरनेशनल मनी ट्रान्सफरले ‘आइएमइ हात खाली हुदैन’ योजनाका भाग्शाली बिजेताको घोषणा गरेको छ । राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गरि कम्पनीले यी भाग्यशाली बिजेता घोषणा गरेको हो ।

कम्पनीले विदेशवाट नेपालमा आइएमइ मार्फत पैसा पठाउँदा प्राप्त हुने नम्वरको आधारमा नै बिजेता घोषणा गरेको हो । जस अनुसार ४ जना भाग्यशालीले एक/एक थान युएम बाइक प्राप्त गर्न सफल भएका छन् । वाइक प्राप्त गर्नेमा सरोज श्रेष्ठ, तिलकवहादुर श्रेष्ठ, आङ नर्बु श्रेष्ठ र सुृरेन्द्र प्रसाद थारु छन् ।उनीहरुमध्ये सरोजले डेनमार्कवाट २ हजार २ सय रुपैयाँ आइएमइ मार्फत रकम पठाएको कम्पनीले जनाएको छ । यस्तै, तिलकवहादुरले ३७ हजार रुपैयाँ, आङनर्बुले २० हजार र सुरेन्द्रले १० हजार रुपैयाँ रकम आइएमइ मार्फत पठाएका थिए । असोज १ गतेवाट ३० गतेसम्म सञ्चालन भएको यो योजनामा सहभागी मध्ये दैनिक १० जनागरि लक्की ड्र मार्फत ६ सय जनालाई चन्द्रागिरी केवल कारको टिकट उपलव्ध गराएको जनाइएको छ ।

यो योजनामा एक सय ४९ आइएमइ सेन्टर, ५ हजार २ सय रेमिट भुक्तानी काउण्टर र अन्य साझेदार बैंक तथा बित्तीय संस्थाका सेवाग्राही सहभागी रहेको जनाइएको छ । यो योजनाका भाग्यशाली बिजेतालाई आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र व्राण्ड एम्वास्टर कलाकार दीपकराज गिरीले उपहार प्रदान गरेका हुन् ।

प्रकाशित : २२ कार्तिक २०७३, सोमबार ०८:१६