२५ अंकले बजार ओरालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२५ अंकले बजार ओरालो लाग्यो



stockकाठमाडौं,   २३  कात्तिक । साताको दोस्रो कारोवारको दिन मंगलबार पनि नेप्से परिसुचक २४ दशमलव ६३ ओरालो लागेको छ । आज बजार घटेर १७ सय २४ दशमलव ६३ अंकमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै क वर्गको मापन गर्ने सेन्सिटिभ इन्डेक्स ४ दशमलव ७८ अंकले घटेर ३ सय ७२ दशमलव ९१ को बिन्दुमा रोकिएको छ ।

आज कारोबार भएका सबै समूह राताम्मे भएका छन् । आज सबैभन्दा बढी बीमा समूह १ सय २९ दशमलव ६९ अंकले, होटल समूह ४३ दशमलव ८४ अंक, बैंकिंग समुह २७ दशमलव ४६ अंक, विकास बैंक समूह १७ दशमलव ४३ अंक, फाइनान्स समुहको २ दशमलव ०६ अंक र जलविद्युत समूह ४७ दशमलव ३१ अंकले घटेको छ ।

आज सर्वाधिक कमाउनेमा भिवोर सोसाइटि डेभलपमेनट बैंकका लगानीकर्ता रहेका छन् । बैंकको मंगलबार १० प्रतिशतले मूल्य बढेको छ । त्यस्तै लक्ष्मी लघुवित्त वित्तिय संस्थाको ७ दशमलव १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

आज सर्वाधिक गुमाउनेमा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ता रहेका छन् । यो कम्पनीको शेयर मूल्य २२ रुपैयाँले घटेको छ ।

आज जम्मा १३८ वटा कम्पनीहरुको ४ हजार ५३१ वटा शेयर कारोबारबाट १० लाख ३८ हजार ५४७ कित्ता शेयर खरिद बिक्री भई ७६ करोड ३७ लाख ९६ हजार ४४७ रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । जसको ९ करोड ४६ लाख भन्दा बढीको शेयर किनबेच भएको छ ।

प्रकाशित : २३ कार्तिक २०७३, मंगलवार १२:२१