श्रीलंकामा आर्थिक संकटसँग जुध्न राष्ट्रपतिद्वारा १७ मन्त्रि नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

श्रीलंकामा आर्थिक संकटसँग जुध्न राष्ट्रपतिद्वारा १७ मन्त्रि नियुक्त



काठमाडौं । श्रीलंकामा उत्पन्न आर्थिक संकटसँग जुध्न राष्ट्रपति गोताबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गरेका छन् । मन्त्रिपरिषद विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक संकट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।

प्रशासनिक तथा सार्वजनिक कामहरु पनि तिव्र रुपमा हुने र समस्या तथा असन्तुष्टिहरुको सम्बोधन हुने आशा गरिएको उनले बताए । नवनियुक्त सबै मन्त्रीहरुलाई सोमवार नै राष्ट्रपति कार्यालयमा सपथग्रहण गराइ सकिएको राष्ट्रपति कार्यालयले बताएको छ ।

राष्ट्रपति राजापाक्षले अहिले तेस्रो पटक मन्त्रिपरिषदको पुनर्गठन गरेका हुन् । नयाँ थपिएका मन्त्रीहरु मध्ये आठ जना पुराना मन्त्रीहरु नै दोहोरिएका छन् । यसअघि अप्रिल ३ मा तत्कालिन मन्त्रिपरिषदका सबै २६ सदस्यहरुले सामुहिक राजीनामा दिएका थिए ।

यसअघि देशमा आर्थिक तथा राजनीतिक संकट बढेपछि आम नागरिक आन्दोलित भएकाले मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । आर्थिक संकटका कारण देशमा अत्यधिक मूल्य वृद्धि भएको छ भने कतिपय वस्तु तथा सेवाको चरम अभाव भएको छ । (एजेन्सी)

प्रकाशित : ५ बैशाख २०७९, सोमबार १६:१५