भ्रष्टाचार र कालो धनमा रोक लगाउन भारतमा एक हजार र पाँच सयको नोट आजबाट बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भ्रष्टाचार र कालो धनमा रोक लगाउन भारतमा एक हजार र पाँच सयको नोट आजबाट बन्द



varuकाठमाडौं।  भारत सरकारले एक हजार र पाँच सय रुपैयाँको नोट बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार यो घोषणा गरेका हुन् ।

प्रधानमन्त्री मोदीले भ्रष्टाचार र कालो धनमा रोक लगाउनका लागि यो कदम उठाएको बताएका छन् । उनले एक हजार र पाँच सयका नोट भएका व्यक्तिहरुले ३० डिसेम्बरसम्म बैंकमा जम्मा गरे साट्न सक्ने बताएका छन् ।

प्रधानमन्त्री मोदीले राष्ट्रको नाममा एक विशेष सम्बोधन गर्दै भ्रष्टाचार र कालो धनमाथि लगाम लगाउनका लागि निर्णायक लडाईँ जरूरी रहेको बताए । यो घोषणापछि आज मध्यरातिबाट ५०० र १००० का सबै पुराना नोट आम लेनदेनका लागि अमान्य मुद्रा मानिनेछ ।

प्रधानमन्त्री मोदीले यो निर्णयबाट मानिसहरुले आत्तिन जरुरी नरहेको पनि स्पष्ट पारेका छन् । मोदीको यो घोषणा आजै राति १२ बजेबाट लागू हुनेछ ।

भारतीय सरकारले यी नोटलाई बैंक र डाकघरमा जम्मा गराउने सुविधा दिइएको छ । मोदीले कालो धन र भ्रष्टाचारविरुद्धको सरकारको यो कदममा देशका सबै जनतालाई साथ दिन पनि अपिल गरेका छन् ।

‘भ्रष्टाचार विरोधी यो महाअभियानमा सबै देशवासीले योगदान दिन जरुरी छ’, उनले भनेका छन्, ‘हर व्यक्तिले सरकारको यो प्रयासमा साथ दिए देशलाई हामी कालोधनबाट मुक्त गराउन सक्छौं ।’

भ्रष्टाचार र कालोधनविरुद्ध कदम उठाउने नरेन्द्र मोदीको प्रमु्ख चुनावी नारा थियो । मोदीले भने, ‘भारतमा सवा लाख करोड रुपैयाँ भन्दा धेरै कालो धन रहेको छ । जससँग सघर्ष गर्न त्यति सजिलो छैन ।’

मोदीले आमजनतालाई राहत दिनका लागि सरकारले यो कदम उठाएको बताएका छन् । ‘एकजना इमान्दार मानिसका लागि आजको समयमा कुनै पनि सामान किन्नु कम्ति कठिन छैन’, उनले भनेका छन्, ‘आम सर्वसाधरण नागरिकको जीवन सहज बनाउन पनि यो कदम नचाली भएको थिएन ।’

उनले भारतमा सम्पत्ति समेत ठूलो सौदाबाजीमा कालोधनको लेनदेन हुने गरेको बताएका छन् । पाँच सय र एक हजार रुपैयाँको नोटलाई साट्नका लागि भारत सरकारले सर्वसाधरणलाई ५० दिनको समय दिएको छ ।

भारतको यो कदमले नेपाली अर्थबजार पनि प्रभावित हु्ने भएको छ । नेपालको सीमाक्षेत्रका सहर बजारदेखि गाउँ तथा राजधानी काठमाडौंमा पनि भारतीय पाँच सय र हजारका नोट प्रयोग गर्ने गरिएको छ ।

प्रकाशित : २३ कार्तिक २०७३, मंगलवार १५:५९