शेयर बजार राताम्मे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शेयर बजार राताम्मे



काठमाडौं, २४ कात्तिक।  लगानीकर्ताको अनुमान विपरित सेयर बजार दैनिक ओरालो लागेको छ । तिहार तथा छठ पछि सेयर बजार बढ्ने अनुमान गरिएपनि सो विपरित बजार घटेको हो । मंगलबार २४ दशमलव ६३ अंकले ओरालो लागेको नेप्से परिसुचक बुधबार पनि करिब २८ अंकले घटेको छ । आज २७ दशमलव ६३ अंकले बजार घटेर १६ सय ९६ दशमलव ८६ अंकमा कारोबार बन्द भएको छ । त्यस्तै क वर्गको मापन गर्ने सेन्सिटिभ इन्डेक्स ५ दशमलव ९५ अंकले घटेर ३ सय ६६ दशमलव ९६ को बिन्दुमा रोकिएको छ ।

आज कारोबार भएका सबै समूह राताम्मे भएका छन् । आज सबैभन्दा बढी बीमा समूह १ सय ५८ दशमलव ८६ अंकले, होटल समूह ६३ दशमलव ७५ अंक, जलविद्युत समूह ३७ दशमलव ५ अंकले, विकास बैंक समूह ३५ दशमलव ९, बैंकिंग समुह २४ दशमलव ७ अंक, फाइनान्स समुहको १० अंक र अन्य समूह ११ दशमलव २८ अंकले घटेको छ ।

आज सवार्धिक कमाउनेमा सिर्जना फाइनान्सका लगानीकर्ता रहेका छन् । बैंकको बुधबार ७ दशमलव ७६ प्रतिशतले मूल्य बढेको छ । त्यस्तै एनबी इन्स्योरेन्सको ४ दशमलव ५५ प्रतिशतले मूल्य वृद्धि भएको छ ।

आज सवार्धिक गुमाउनेमा मुक्तिनाथ विकास बैंकका लगानीकर्ता रहेका छन् । यो कम्पनीको शेयर मूल्य ९४ रुपैयाँले घटेको छ । आज जम्मा १२७ वटा कम्पनीहरुको ४ हजार ५१७ वटा शेयर कारोबारबाट १० लाख २२ हजार ६९२ कित्ता शेयर खरिद बिक्री भई ६८ करोड ७३ लाख ५० हजार ६१३ रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा बढी सिभिल बैंकको शेयरमा किनबेच भएको छ । जसको ३ करोड ९२ लाख भन्दा बढीको शेयर किनबेच भएको छ । बढी रकमको शेयर किनबेच भएपनि बैंक शेयर मूल्य ९ रुपैयाँले झरेको छ ।

प्रकाशित : २४ कार्तिक २०७३, बुधबार १०:५५