वैदेशिक लगानी नआएसम्म नेपालको आर्थिक विकास संभव छैन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वैदेशिक लगानी नआएसम्म नेपालको आर्थिक विकास संभव छैन



moneyकाठमाडौं २४ कात्तिक । नेपालमा वैदेशिक लगानीको वातावरण सहज नबनाए आर्थिक उन्नती गर्न नसकिने सरोकारवालाहरुले औंल्याएका छन् ।

बुधबार आर्थिक पत्रकार संघ सेजनले नेपालमा वैदेशिक लगानीको संभावनाका बारेमा गरेको अन्तरक्रियाका सहभागीहरुले नेपालमा  हुन नसक्ने धारणा राखेका हुन् ।

कार्यक्रममा उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले नेपालमा वैदेशिक लगानी भित्रिएपनि सार्क राष्ट्रहरुको तुलनामा पर्याप्त नभएको बताए । उनले एउटै निकायबाट अनुगमन गर्ने संयन्त्र बनाए वैदेशिक लगानी भित्राउन सहज हुने धारणा राखे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले वैदेशिक लगानी भित्रिने वातावरण बने मुलुकले आर्थिक उन्नती गर्ने बताए ।

उनले राजनीतिक कारणले गत आर्थिक वर्षमा अपेक्षा अनुसार वैदेसिक लगानी नभित्रिए पनि वैदेशिक लगानीले प्रविधि पनि आउने भएकाले जनशक्ति व्यवस्थापनमा सहज हुने धारणा राखे ।

उनले आर्थिक समृद्धिको विकल्प नभएपनि संविधान जारी भएको दुई वर्ष हुन लाग्दा पनि वैदेसिक लगानीको वातावरण राम्रा नहुनु दुखद भएको बताए ।

बर्जर जोनसोन र निकल्सन प्रालिका निर्देशक साइबाल घोषले नेपाली उत्पादनका लागत मुल्य बढी भएकाले अन्तर्राष्ट्रिय बजारसँग प्रतिष्पर्धा गर्न नसकिने बताए ।

प्रकाशित : २४ कार्तिक २०७३, बुधबार ११:१३