एनएमबी बैंक र सक्षम मिलेर दुग्ध उत्पादक कृषकहरुलाई ऋण लगानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबी बैंक र सक्षम मिलेर दुग्ध उत्पादक कृषकहरुलाई ऋण लगानी



काठमाडौ । मध्य र सुदूर पश्चिमाञ्चलका दुग्ध सहकारी तथा दुग्ध उत्पादक कृषकहरुलाई ऋण लगानी गर्नका लागि सक्षम र एनएमबी बैंकबीच सम्झौता भएको छ । सम्झौतासगै सक्षम एक्सेस टु फाईनान्स कार्यक्रम र एनएमबी बैक दुवै संस्था मिलेर दुग्ध वित्तीय सहयोग नामक परियोजना सचालन गर्ने छन् ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले चुनिएका र नजिकै जिल्लाहरुमा रहेका दुग्ध सहकारीहरुलाई उनीहरुको वित्तीय आवश्यकताका आधारमा प्रत्यक्ष रुपमा कर्जा प्रदान गरिने जानकारी दिए । यसको मुल्य श्रृखलामा दुग्ध विकास सस्थान , कृषक, दुग्ध सहकारी र बैक समावेश रहनेछन । यस परियोजनामा ५० सहकारीहरु आवद्ध ह’ने र लीक्षत जिल्लाका कम्तिमा चार सय लघु, साना र मझौला उद्योगहरुलाई कर्जा दिने योजना रहेको पौडेलले बताए ।
सक्षम एक्सेस टु फाईनान्स कार्यक्रम नेपाल सरकार र बेलायत सरकारबीच गरीएको द्धिपक्षीय सम्झौताको एउटा अंशको रुपमा यूके एडबाट आर्थिक सहायत प्राप्त कार्यक्रम हो ।

प्रकाशित : ३२ जेष्ठ २०७२, सोमबार १५:२४