रोजगारीका लागि नेपाल आउने विदेशीको सङ्ख्या घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

रोजगारीका लागि नेपाल आउने विदेशीको सङ्ख्या घट्यो



काठमाडाैं / कोरोना महामारीका कारण लामो समय परियोजना बन्द हुँदा रोजगारीका लागि नेपाल आउने विदेशीको सङ्ख्या घटेको छ । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या गत आर्थिक वर्षको तुलना घटेको हो।

गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालू वर्षमा नेपालका काम गर्ने चाहना राख्ने श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या ९ प्रतिशतले घटेको छ। गत वर्षको सो अवधिमा नयाँ श्रम स्वीकृति र सोको नवीकरण गर्नेको सङ्ख्या १ हजार ४१९ रहेकोमा चालू आवको फागुनसम्म १ हजार २९२ रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ। अघिल्ला र आर्थिक वर्षमा भने रोजगारीमा नेपाल आउने बढेका थिए । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार ०८:४८