विकास समितले माग्यो प्रतिवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

विकास समितले माग्यो प्रतिवेदन



logoकाठमाडौं, २५ कात्तिक । विहिबार बसेको व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले त्रिपुरेश्वर–कालिमाटी–कलंकी सडकखण्ड विस्तारको क्रममा देखिएका समस्याहरु सहितको प्रतिवेदन ७ दिनभित्र समितिलाई उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।

सभापति रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा विकास मन्त्रालयका मन्त्री, सचिव, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त, का.म.पा. का कार्यकारी अधिकृत, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त, लगायत सम्बद्ध पदाधिकारीहरुसँग छलफल भएको थियो । उक्त छलफल पश्चात् समितिले मापदण्ड अनुसाको बाटो फराकिलो बनाउने कामलाई कुनै पनि कारणबाट अवरोध नपुर्याउन सम्बद्ध पक्षहरु (राजनैतिक, सामाजिक, प्रशासनिक, स्थानीयपक्षहरुसमेत) लाई समितिले आग्रह गरेको छ ।

सडक विस्तारका लागि समन्वय गर्नुपर्ने निकायहरुविच प्रभावकारी समन्वय गर्न निर्माण व्यवसायीलाई समयमा नै कामगर्ने वातावरण बनाउन, निर्माणाधीन परियोजनाको विस्तृत विवरण सहितको सूचनापाटी ७ दिनभित्र सम्बन्धित स्थानहरुमा राख्न, सडक विस्तारको क्रममा व्यक्तिगत भन्दा सामुहिक मानव अधिकारको संरक्षण गर्ने गरी कार्य सम्पादन गर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै उपत्यकाका सडकहरुमा देखिएका खाल्डाखुल्डी पुर्ने काम तत्काल १ महिनाभित्र सम्पन्न गर्न समेत निर्देशन दिएको छ । साथै १८ औँ सार्क शिखर सम्मेलन आयोजना गर्ने शीलशीलामा निर्माण एवं सुदृढीकरण गरिएका सडक, पार्क लागयतका संरचनाहरुको आवश्यक संरक्षण एवं सम्बद्र्धन गर्न, काठमाडौँ उपत्यकाको सौन्दर्यलाई वृद्धि गर्ने सम्बन्धमा नेपाल सरकार, सहरी विकास मन्त्रालय, काठमाडौँ उपत्यका विकास प्राधिकरण र काठमाडौँ महानगर पालिकालाई निर्देशन दिएको छ ।

प्रकाशित : २५ कार्तिक २०७३, बिहीबार ०८:५८