एनसेललाई ‘टेलिकम कम्पनी अफ द इयर २०१६ अवार्ड’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनसेललाई ‘टेलिकम कम्पनी अफ द इयर २०१६ अवार्ड’



काठमाडौं २५ कात्तिक। कर प्रकरणमा चर्चित एनसेलले यस वर्षको उत्कृष्ट दुरसञ्चार कम्पनी ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्डबाट सम्मानित भएको छ । उक्त अवार्ड एनसेललाई अन्र्तराष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले काठमाडौंमा आयोजना गरेको ‘२०१६ नेपाल बेस्ट प्राक्टिसेस् अवार्डस्’ को एक भव्य समारोहमा बुधबार प्रदान गरेको हो । नेपाल बेस्ट प्राक्टिसेस् अवार्डस् विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका कम्पनीहरुलाई प्रदान गरिएको हो ।

ncell-award

गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए ।“ग्राहकमा ध्यान केन्दि्रत गर्दै उनीहरुको विविध संचार सेवाको आवश्यकतालाई परिपुर्ति गर्ने हाम्रो प्रयासले फेरी एक पटक सम्मान पाएकोमा हामी हषिर्त छौं । यो अवार्ड एनसेलको उदाहरणीय विकास र उत्कृष्ट कार्यसम्पादनको प्रमाण हो,” पर्किन्सले भने ।

कम्पनीहरुको वास्तविक बजार सम्पादन सूचकहरु, समग्र विकास, नविनता र नेपाली अर्थतन्त्रमा पुर्याइको योगदान लगायतका आधारमा कडा मापदण्ड भित्र रहेर अवार्ड पाउने कम्पनीहरुको मुल्याङ्कन गरिएको थियो ।

“एनसेलको सफलता नेपालको सामाजिक तथा आर्थिक विकासका लागि काम गरिरहेका हाम्रा सम्पुर्ण कर्मचारी तथा साझेदारहरुको कठिन परिश्रम र समर्पणको फल हो । हामी हाम्रा ग्राहकहरुको भरोसा, प्रतिक्रिया तथा संलग्नताको लागि आभारी छौं, जसले गर्दा एनसेलले स्वदेशमा तथा विदेशमा विभिन्न सम्मान पाउन सफल भएको छ,” पर्किन्सले भने । एनसेल उत्कृष्ट तथा दिगो सेवा प्रदान गर्न कटिवद्ध रहेको कुरा पर्किन्सले बताए ।

सन् २०१६ मा एनसेलले पाएको यो तेस्रो पुरस्कार हो । गत फेबु्रअरीमा एनसेलले मोबाईल इन एमर्जन्सी एण्ड हृयुम्यानिटेरियन सिचुयसन्स् विधा अन्र्तगत जिएसएम एसोसिएसनले प्रदान गरेको ग्लोबल मोबाईल अवार्ड र गत महिना सिङ्गापुरमा प|mोस्ट एण्ड सलिभन नेपाल मोबाईल सेवा प्रदायक २०१६ सम्मान पनि पाएको थियो ।

प्रकाशित : २५ कार्तिक २०७३, बिहीबार ११:३६