आईएमईका अध्यक्ष ढकाल र आईएफसीका क्षेत्रिय निर्देशकबीच भेट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आईएमईका अध्यक्ष ढकाल र आईएफसीका क्षेत्रिय निर्देशकबीच भेट



untitled2काठमाडौं २५ कात्तिक । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र इन्टरनेशनल फाईनान्स कर्पोरेसनका क्षेत्रिय निर्देशक मेङ्गेस्तु एलिमह्यु बीच भेटघाट भएको छ । भेटघाटमा ग्लोबल आईएमई बैंक र नेशनल फाईनान्स कर्पोरेसन वीच एक आपसमा व्यवसायीक सहयोग आदानप्रदान गर्ने विषयमा कुराकानी भएको थियो ।

भेटमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, इन्टरनेशनल फाईनान्स कर्पोरेसनका कन्ट्रि म्यानेजर, वेन्डि वार्नर, आवासिय प्रतिनिधी, रेहेना रासिद लागयतको उपस्थिती रहेको थियो ।

इन्टरनेशनल फाईनान्स कर्पोरेसनले विभिन्न देशमा रहेका फाईनान्सियल संघसंस्थाहरुसंगको सहकार्यमा विभिन्न संघसंस्था तथा ती देशका नागरिकहरुको लागि लगानी तथा व्यवसायीक सुझाबहरु प्रदान गर्दै आइरहेको संस्था हो ।

प्रकाशित : २५ कार्तिक २०७३, बिहीबार ११:४३