स्वाभलम्बन लघुवित्तका लगानीकर्तालाई ५४ प्रतिशत लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्वाभलम्बन लघुवित्तका लगानीकर्तालाई ५४ प्रतिशत लाभांश



money2-390x293काठमाडौं, २५ कात्तिक  । स्वाभलम्बन लघुवित्त विकास बैंकले आफ्ना लगानीकर्तालाई ५४ प्रतिशत लाभांश दिने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले लगानीकर्तालाई ३४ प्रतिशत बोनस शेयर र १९ दशमलव ६८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

सञ्चालक समिति बैठकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिने बैंकले जानकारी दिएको छ ।

गत आर्थिक वर्षको तथ्यांक अनुसार बैंकको चुक्ता पुँजी ३१ करोड २३ लाख ८० हजार रूपैयाँ छ । ३४ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ४१ करोड ८५ लाखभन्दा माथि पुग्नेछ ।

प्रकाशित : २५ कार्तिक २०७३, बिहीबार ११:४८