बैंकमा ओइरिए लगानीकर्ता,७१ करोडको सेयर किनबेच « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंकमा ओइरिए लगानीकर्ता,७१ करोडको सेयर किनबेच



stockकाठमाडौं २५ कात्तिक । तिहार पछि लगातार ओरालो लागेको नेप्सेले साताको आन्तिम कारोवारको दिन आज केही आशा जगाएर वन्द भएको छ । आज नेप्से परिसुचक शून्य दशमलव ३२ अंकले बढेको छ ।नभरीमा १२९ कम्पनीका ७० करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ।बाणिज्य बैंक, अन्य र होटल समूह केही उक्लिँदा बजार हरियोजस्तो देखिएको हो।

बिमा, फाइनान्स, जलविद्युत र विकास बैंक सुचक भने रातै छन्।  अन्य समूह साढे आठ, होटल ३१ र वाणिज्य बैंक समूह २.२२ अंकले बढेको छ।

बिहीबार बैंक अफ काठमाण्डू लुम्बिनीको सबैभन्दा वढि रकमको सेयर किनबेच भएको छ। बैंकको चार करोड ३१ ला खरुपैयाँको किनबेच भएको छ। सिभिल बैकको चार करोड १२ लाख र एभरेष्ट बैंकको तीन करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

बजार घट्दासमेत निर्धन उत्थान बैंकले पौने सात प्रतिशतले सम्पति वढाएको छ। बढि घट्नेमा आइएलएफसिओ माइक्रोफाइनान्स, स्वाभलम्बन विकास बैंकलगायत छन्।

प्रकाशित : २५ कार्तिक २०७३, बिहीबार ११:५६