ग्राण्डलाई मिसाएपछि प्रभुको अवस्था सङ्कटमा, खराब कर्जाको अनुपातलाई पाँच प्रतिशत मुनी झार्न असफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्राण्डलाई मिसाएपछि प्रभुको अवस्था सङ्कटमा, खराब कर्जाको अनुपातलाई पाँच प्रतिशत मुनी झार्न असफल



काठमाडाै २६ कातिक । प्रभु बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा पनि खराब कर्जाको अनुपातलाई पाँच प्रतिशत मुनी झार्न असफल भएको छ ।parbhu

प्रभु बिकास बैंकले डुब्न लागेको तत्कालीन किष्टलाई किनेर बाणिज्य बैंक बनेकोमा झण्डै दुई बर्ष अगाडि ग्राण्डलाई मिसाएपछि प्रभुको अवस्था सङ्कटमा पर्दै गएको हो । बै‌कको पछिल्लो तथ्याङ्कलाई हेर्दा ५ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी भएको प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमासमा खुद मुनाफा २८ करोड २४ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गत वर्षको तुलनाभन्दा ८ दशमलव ०४ प्रतिशतले वृद्धि हो । बैंकको गत वर्षको सोहि अवधिमा नाफा भने २६ करोड १७ लाख रुपैयाँ मुनाफा रहेको थियो ।

बैंकले जगेडाकोषमा ५५ करोड ४७ लाख रुपैयाँ राखेको छ । बैंकको खुद व्याज आम्दानीमा ३६ दशमलव ०४ प्रतिशतले बढेर ४६ करोड ८२ लाख रुपैयाँ पुर्याएको छ भने सञ्चालन मुनाफामा २५ दशमलव १५ प्रतिशतले वृद्धि गरी १९ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ ।

बैंकले निक्षेपमा ४२ दशमलव ९८ प्रतिशतले वृद्धि गरि ६५ अर्ब २९ करोड ६२ लाख रुपैयाँ संकलन गरेर कर्जामा ५१ अर्ब ७४ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनाभन्दा ७२ दशमलव २८ प्रतिशतले वृद्धि हो । बैंकको प्रोभिजनमा १० करोड रुपैयाँ नोगेटिभमा रहेको छ भने ३३ करोड २१ लख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।
बैंकको निष्कृय कर्र्जा १ दशमलब ८३ प्रतिशतले बढेर ७ दशमलव ५४ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पति शुन्य दशमलव १५ प्रतिशतले घटेर १० दशमलव ५१ प्रतिशत रहेको छ । प्रभुले समस्यामा परेर बिघटनमा गएको नेपाल बिकास बैंकलाई पनि किनेर आफुमा मिलाएको थियो ।

प्रकाशित : २६ कार्तिक २०७३, शुक्रबार ०८:००