कालिञ्चोक बैंकको मुनाफा ४० प्रतिशतले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कालिञ्चोक बैंकको मुनाफा ४० प्रतिशतले घट्यो



kalinchok-development-696x522काठमाडौं, २७ कात्तिक  । कालिञ्चोक डेभलपमेन्ट बैंक लिमिटेडले पहिलो त्रैमासमा खुद मुनाफा ४० दशमलव २१ प्रतिशतले घटेर १८ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा ३१ लाख रुपैयाँ कमाएको थियो ।

बैंकको निक्षेपमा ७२ दशमलव २० प्रतिशतले वृद्धि गरी ६० करोड १९ लाख रुपैयाँ पुगेको छ । जसबाट कर्जामा ३५ करोड २४ लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३६ दशमलव ९६ प्रतिशतले वृद्धि हो । बैंकको खुद व्याज आम्दानीमा ५८ दशमलव ८८ प्रतिशतले बढेर ९५ लाख रुपैयाँ पुर्याएको छ भने संचालन मुनाफामा २७ दशमलव ३२ प्रतिशतले घटेर २९ लाख रुपैयाँ पुगेको छ । खुद व्याज आम्दानी बढेपनि संचालन मुनाफा नबढेको हुदा खुद मुनाफा पनि घटेको हो । बैंकले प्रोभिजनमा ३० लाख रुपैयाँ राखेको छ ।

बैंकको निष्कृय कर्जा ३ दशमलव १६ प्रतिशत र जोखिम युत्त सम्पत्ति २३ दशमलव ४६ प्रतिशत रहेको छ । जसको प्रतिशेयर आम्दानी वार्षिक १ दशमलव ७८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १ सय २८ दशमलव ५२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय १६ दशमलव ३३ रुपैयाँ र तरलता अनुपात १ सय ३ दशमलव ६७ प्रतिशत रहेको छ ।

प्रकाशित : २७ कार्तिक २०७३, शनिबार ०५:५९