भारतमा मायोज चाउचाउको बिक्री वितरणमा प्रतिबन्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भारतमा मायोज चाउचाउको बिक्री वितरणमा प्रतिबन्ध



काठमाडौ । सरकारले भारतबाट आयातित म्यागी चाउचाउसगै नेपालको खेतान समूहको हिमालयन स्न्याक्स एन्ड नुडल्स प्रालिको उत्पादन मायोज चाउचाउलाई पनि कारबाही गर्ने भएको छ । यी चाउचाउको लेभलमा ‘नो एडेड एमएसजी’ अर्थात ‘मोनोसोडियम ग्लुटामेटा नभएको’ भनिएको भएपनि खाद्य प्रविधि तथा गुण नियन्त्रणँ  विभागले नमुना परिक्षणमा गर्दा मोनोसोडियम ग्लुटामेटा पाइएकाले कारवाही गर्ने सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । विभागले यी चाउचाउलाई खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ अनुसार कारबाही गर्ने बताएको छ । साथै विभागले म्यागी र एमएम चाउचाउका सबै उत्पादनहरु हाललाई विक्री वितरणँ नगर्न तथा बजारबाट २ महिना भित्र त्यस्ता उत्पादन हटाउन उत्पादक तथा आयातकर्तालाई निर्देशन दिइएको छ । प्याकेटमा नो एमएसजी लेखिए पनि एमएसजी भेटिएका सबै चाउचाउ बजारबाट फिर्ता गर्नुपर्ने विभागले जनाएको छ । विभागले म्यागीसगै नेपालमा उत्पादन भएका सबै चाउचाउको नमूना ल्याएर परीक्षणँ सुरु गरेको थियो ।

प्रकाशित : ३२ जेष्ठ २०७२, सोमबार १४:२७