सुनचाँदीको मुल्यमा गिरावट, कति पुग्यो तोलाको ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा गिरावट, कति पुग्यो तोलाको ?



काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार ३०० रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै, आज यता चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३५० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३४० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : १४ बैशाख २०७९, बुधबार ११:३५