यस्तो छ नेपाल लाइफको नाफाको अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस्तो छ नेपाल लाइफको नाफाको अवस्था



nepallifeकाठमाडौं  २८ कात्तिक । नेपाल लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच करोड ८९ लाख ६७ हजार ५८ रूपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले  गत  वर्ष यही बेलाको तुलनामा खुद नाफा चार करोड २४ लाख ९३ हजार तीन सय २० रूपैयाँले बढाएको हो । गत वर्ष पहिलो त्रैमासमा  कम्पनीको खुद नाफा जम्मा एक करोड ६४ लाख ७३ हजार सात सय ३८ रूपैयाँमात्र थियो । एफपीओमार्फत चुक्ता पुँजी बढाउने तयारी गरिरहेको नेपाल लाइफको हाल चुक्ता पुँजी दुई अर्ब १६ करोड ७५ लाख रूपैयाँ रहेको छ ।

नेपाल लाइफको जगेडा कोषमा ३१ करोड ८२ लाख ३१ हजार रूपैयाँभन्दा बढी छ । यो कम्पनीको जीवन बिमा कोषको आकार ३४ अर्बभन्दा बढीको भइसकेको छ । नेपाल लाइफले महाविपत्ति कोषमा पनि १५ करोड रूपैयाँभन्दा बढी विनियोजन गरिसकेको छ ।

यो कम्पनीले खुद बिमा शुल्कमात्रै दुइ अर्ब ६६ करोड पाँच लाखभन्दा बढी आर्जन गर्न सफल भएको छ । कम्पनीले बिमा लेखको धितो कर्जाबाट १० करोड ७६ लाख ८६ हजार एक सय ८६ रूपैयाँ कमाएको छ ।

नेपाल लाइफले हालसम्म ४२ अर्ब रूपैयाँभन्दा बढी बिमा शुल्क आर्जन गरिसकेको छ । कम्पनीले आइतबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार प्रतिसेयर आम्दानी १० रुपैयाँ ८८ पैसा, प्रतिसेयर नेटवर्थ एक सय २१ रूपैयाँ ९१ पैसा रहेको छ ।

प्रकाशित : २८ कार्तिक २०७३, आईतवार ०९:२१