माछापुच्छ्रे बैंकले ५० प्रतिशत हकप्रद निष्काशन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

माछापुच्छ्रे बैंकले ५० प्रतिशत हकप्रद निष्काशन गर्दै



machha123_4_18_2016_11_31_58काठमाडौं, १ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई दुई बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर वितरण गर्ने भएको छ । बैंकले आफ्नो चुक्ता पूँजी वृद्धिका लागि हकप्रद बितरण गर्न लागेको हो ।

बैंकले आउँदो मंसिर १९ गतेबाट हकप्रद शेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रदको अन्तिम म्याद पुस २४ गतेसम्म मात्र रहेको छ । बैंकको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

बैंकले १०० रुपैयाँ अंकित दरको १ करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ । माछापुच्छ्रे  बैंकको हाल ३ अर्ब ८६ करोड ४५ लाख ४० हजार रुपैयाँ चुक्ता पूँजीमा हकप्रद निष्काशन पछि पूँजी ५ अर्ब ७९ करोड ६८ लाख १० हजार रुपैयाँ पुग्नेछ ।
माछापुच्छ्रे  बैंकको संस्थापक शेयरधनीहरु ५१ प्रतिशत रहेको छ भने सर्बसाधारण शेयरधनीहरु ४९ प्रतिशत रहेको छ ।

प्रकाशित : १ मंसिर २०७३, बुधबार ०५:१८