एनएलजीको मुनाफा ३८ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएलजीको मुनाफा ३८ प्रतिशतले बढ्यो



260x175xNLG.jpg.pagespeed.ic.ltB991xtAwकाठमाडौं, १  मंसिर । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुनाफा ४ करोड ३५ लाख रुपैयाँ कमाएको हो, जुन गतबर्षको तुलनाभन्दा ३८ दशमलव ७० प्रतिशतले वढी हो । गत वर्षको सोही अवधीमा कम्पनीले ३ करोड १२ लाख नाफा गरेको थियो ।

४० करोड ९८ लाख चुक्ता पूँजी रहेको कम्पनी ९ल्ीन्० ले जगेडा कोषमा १७ करोड ६ लाख रुपैयाँ र बीमा कोषमा ४८ करोड ८८ लाख रुपैयाँ राखेको छ । आम्दानी ३४ दशमलव ६१ प्रतिशतले बढेर ७ करोड ७ लाख रुपैयाँ पुगेको छ भने खर्च २८ दशमलव ५७ प्रतिशतले बढेर २ करोड ७१ लाख रुपैयाँ पुगेको छ । कम्पनीले ३३ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने दाबी भुक्तानी कुल २१ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

प्रति शेयर आम्दानी ४२ रुपैयाँ ५४ रुपैयाँ, प्रति शेयर नेटवर्थ २ सय ६८ दशमलव ६८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५१ दसमलव ६० गुणा र तरलता अनुपात १ दशमलव ७४ प्रतिशत रहेको छ ।

प्रकाशित : १ मंसिर २०७३, बुधबार १०:४०