आईएमई उत्कृष्ट करदाता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

English

आईएमई उत्कृष्ट करदाता



काठमाडौं, १ मंसिर  । आईएमई लिमिटेडले उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ । आन्तरिक राजश्व विभागले प्रज्ञा भवन कमलादीमा आज आयोजना गरेको पाँचौं कर दिवसको अवसरमा आईएमईले उक्त सम्मान पाएको हो । अर्थमन्त्री कृष्णबहादुर महराले आईएमईका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाललाई उक्त सम्मान प्रदान गरे ।

रेमिटेन्स कम्पनीहरु मध्ये गएको आर्थिक वर्ष २०७१/७२ मा सबैभन्दा बढी कर तिरे बापत आईएमईले प्राप्त गरेको हो । आईएमईले यो सम्मान विगत ३ वर्षदेखि निरन्तर पाउदै आएको छ ।

ime-awarded-696x504-jpg-pagespeed-ce-wfrsi4pwvj

आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यो कम्पनीले सेवा शुभारम्भको १६ औ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका ५२०० भन्दा बढी शाखा/सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

प्रकाशित : १ मंसिर २०७३, बुधबार १४:१०