यस कारण सिभिल बैंकको अवस्था निराशाजनक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस कारण सिभिल बैंकको अवस्था निराशाजनक



xcivil-bank_201010150831162-jpg-pagespeed-ic-43osor0bev
काठमाडौं २ मसिर / सिभिल बैंकले लगानीकर्तालाई निराश बनाउने वित्तीय विवरण बाहिर ल्याएको छ । बैंकको प्रतिसेयर आम्दानी जम्मा १ रूपैयाँ ८५ पैसा छ । बैंकको प्रतिसेयर नेटवर्थ एक सय १७ रूपैयाँ ४५ पैसा छ । सिभिलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जम्मा एक करोड ७१ लाख दुई हजार रूपैयाँमात्र खुद नाफा कमाएको हो ।

बैंकले जोखिम व्यवस्थापनका लागि ठूलोमात्रामा प्रोभिजनमा पैसा छुट्याउनुपर्दा निकै निराशाजनक अवस्था उत्पन्न भएको हो । समयमा कर्जाको साँवा र ब्याज भुक्तानी हुन नसक्दा बैंकले प्रोभिजनमा ३२ करोड ६४ लाख २४ हजार रूपैयाँ छुट्याएको छ । बैंकले विगतमा प्रोभिजनमा राखेको १६ करोड ३२ लाख रूपैयाँ राइट ब्याक गरे पनि त्यसले वित्तीय विवरणमा खासै सकारात्मक अवस्था देखाउन सकेको छैन ।

अन्य बैंकहरूको अवस्था निकै मजबुत भएर गइरहँदा सिभिलले भने अहिलेसम्म लगानीकर्तालाई खासै खुशी बनाउने प्रगति हासिल गर्न सकेको छैन । बैंकले खुद ब्याज आम्दानीमा भने केही सुधार गरेको छ । गत वर्ष १४ करोड ५९ लाख ४१ हजार रूपैयाँ खुद ब्याज आम्दानी भएकामा यसपटक त्यो बढेर २३ करोड ९१ लाख ३७ हजार रूपैयाँ पुगेको छ ।

फराकिलो स्प्रेड अन्तरका कारणा ब्याज आम्दानी बढेको हो । कर्जा असुली हुन नसकेपछि बैंकको खराब कर्जा अनुपात पनि आकासिएको छ ।  सिभिलले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्टमा खराब कर्जा अनुपात ४.१३ प्रतिशत पुगेको देखाइएको छ । गत वर्ष यही बेला बैंकको खराब कर्जा अनुपात २.५४ प्रतिशत मात्र थियो ।

सिभिलको चुक्ता पुँजी तीन अर्ब आठ करोड २७ लाख ७९ हजार रूपैयाँ छ । रिजर्भ कोषमा जम्मा ५३ करोड ८९ हजार रूपैयाँ जम्मा भएको छ । सिभिलले ३१ अर्ब ३४ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरी २६ अर्बभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

प्रकाशित : २ मंसिर २०७३, बिहीबार ०८:४२