प्रिमियर इन्स्योरेन्सको नाफा ५३ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रिमियर इन्स्योरेन्सको नाफा ५३ प्रतिशतले बढ्यो



primiar-insurance-696x522-jpg-pagespeed-ce-3nawjfcfgsकाठमाडौँ, २  मंसिर । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड को खुद मुनाफा दशमलव ५३ प्रतिशतले वृद्धि भई २ करोड ४ लाख रुपैया कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १ करोड ३५ लाख रुपैयाँ कमाएको थियो ।

३७ करोड ३७ लाख रुपैयाँ चुक्ता पुजी भएको कम्पनीले जगेडा कोषमा १२ करोड ३२ लाख र बीमा कोषमा २४ करोड ९२ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानीमा ५२ दशमलव १७ प्रतिशतले बढेर ३ करोड ५७ लाख रुपैयाँ पुगेको छ भने खर्च ५० प्रतिशतले बढेर १ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

प्रिमियर इन्स्योरेन्सले ३४ करोड ३६ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै कुल ३८ करोड ७९ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

यस इन्स्योरेन्सको प्रति शेयर आम्दानी वार्षिक १९ दशमलव ८३ रुपैयाँ, मुल्य आम्दानी अनुपात १ सय १६ दशमलव २२ गुणा, प्रति शेयर नेटवर्थ २ सय ४ दशमलव ७७ रुपैयाँ रहेको छ ।

प्रकाशित : २ मंसिर २०७३, बिहीबार ११:३४