आयातमुखी अर्थतन्त्रभन्दा उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्दा मुलुक दह्रो हुन्छ: सुरेन्द्र उप्रेती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आयातमुखी अर्थतन्त्रभन्दा उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्दा मुलुक दह्रो हुन्छ: सुरेन्द्र उप्रेती



काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा.सुरेन्द्र उप्रेतीले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने बजेट बनिरहेको बताएका छन् ।

आयातमुखी अर्थतन्त्रभन्दा उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्दा मुलुक दह्रो हुने उनको धारणा छ ।

आयातमुखी अर्थतन्त्र दिगो नभएको प्रमाणित भएपछि सरकारले बजेटमार्फत उत्पादनमुखी अर्थतन्त्रमा जोड दिन लागेको उनले बताए । उनले कोभिडले साँघुरिँदै गएको अर्थतन्त्र चलायमान हुँदा बाह्य क्षेत्रमा दबाब परेको बताएका छन् ।

औद्योगिक कच्चा पदार्थको आयात बढेकोले आर्थिक गतिविधि बढेको बताउँदै उप्रेतीले विदेशी मुद्राको अवस्था घट्दो क्रममा रहको उल्लेख गरे ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार १७:०३