चुलिदो व्यापार घाटा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चुलिदो व्यापार घाटा



काठमाडौं ४ म‌सिर ।  मुलुकको शोधनान्तर फेरि बचतमा फर्किएको छ । गत भदौमा घाटामा गएको शोधनान्तर (मुलुक भित्रिने र बाहिरिने रकमको हिसाबकिताब) असोजमा पुनः बचतमा आएको हो । यो मुलुकको समग्र अर्थतन्त्रका लागि राम्रो पक्ष हो । रेमिटेन्समा सामान्यमात्र वृद्धिदर भए पनि पर्यटन क्षेत्रको गतिविधि बढ्दा शोधनान्तर बचतमा फर्किन सहयोग पुगेको हो । शोधनान्तर बचत हुनु भनेको मुलुक बाहिरिने रकमभन्दा भित्रिने पैसा बढी हुनु हो ।

Nepal-Rastra-Bank_Panorama1_20111122085657

चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा १९ अर्ब ७० करोड रूपैयाँले शोधनान्तर बचत भएको छ । गत भदौमा शोधनान्तर तीन अर्ब ५० करोडले घाटामा गएको थियो । तर गत वर्षको तुलनामा शोधनान्तर बचतको अवस्थामा निकै ठूलो ह्रास आएको छ । गत वर्ष यही बेला शोधनान्तर ६३ अर्ब ९६ करोडले बचतमा थियो ।

शोधनान्तर बचतको वृद्धिदर घट्दै जानुमा चाहिँ व्यापार घाटा चुलिनुलाई प्रमुख कारण मानिएको छ । यसबाहेक मुलुक भित्रिने रेमिटेन्सको वृद्धिदर निकै सुस्त देखिएको छ ।

व्यापार घाटाको अवस्था भने कहाली लाग्दो छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा जम्मा १८ अर्ब ९३ करोड रूपैयाँको निर्यात हुँदा दुई खर्ब २० अर्ब ६८ करोड रूपैयाँको वस्तु तथा सामान आयात भएको छ ।

कुल व्यापार घाटा ७७.५ प्रतिशतले बढेर दुई खर्ब एक अर्ब ७५ करोड रूपैयाँ पुगेको छ ।
निर्यात १२.६ प्रतिशतले बढ्दा आयात ६९.१ प्रतिशतले बढेको हो । यसले आयातको तुलनामा निर्यात वृद्धिदर कछुवा गतिमा रहेको देखाउँछ ।

यसैगरी, यसपटक रेमिटेन्स आम्दानीमा निकै समस्या पर्ने देखिएको छ । यसपटक रेमिटेन्स आय जम्मा ३.२ प्रतिशतले बढेर असोज सम्ममा जम्मा एक खर्ब ७१ अर्ब ८० करोड रेमिटेन्स भित्रिएको छ ।

गत वर्ष यही बेला रेमिटेन्स आय २४ प्रतिशतले बढेको थियो । यो तथ्यांकले रेमिटेन्स आयको वृद्धिदर निकै सुस्त भएको देखिन्छ । वैदेशिक रोजगारीमा जाने  नेपाली घट्दोक्रममा रहेकाले रेमिटेन्समा प्रत्यक्ष असर परेको हो ।

अमेरिकी डलर बचत पनि नकारात्मक देखिएको छ । गत वर्ष तीन महिनामा ८१ करोड ८२ लाख अमेरिकी डलर बचतमा रहेकोमा अहिले एक करोड ८२ लाखले घाटामा पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।

प्रकाशित : ४ मंसिर २०७३, शनिबार ०८:०६