यूनियन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न,अध्यक्षमा अग्रवाल चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यूनियन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न,अध्यक्षमा अग्रवाल चयन



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक साधारण सभा शुक्रबार भैरहवामा सम्पन्न भएको छ । सभाले कम्पनीको नयाँ संचालक चयन गरेको छ ।

संस्थापक समूह तर्फ शुलभ अग्रवाल, संदिप कुमार अग्रवाल, जीवन कुमार अग्रवाल, सिमा गोल्छा र सर्वसाधारण समूह तर्फ सिताराम अग्रवाल र सचिन आचार्यलाई निर्विरोध चयन गरेको हो ।

यसैगरी साधारण सभाले संचालक समितिको बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षककोे नियुक्ती सर्वसम्मत रुपमा गरेको छ । सभाले प्रमुख कार्यकारी अधिकृत र स्वतन्त्र विज्ञ संचालकको नियुक्ति भएको बिषयलाई सर्वसम्मतीले अनुमोदन गरेको छ ।

बीमा समितिले तोकेको समय भित्र ५ अर्ब चुक्ता पूँजी पुर्याउन अन्य जीवन बीमा कम्पनी बिच एक आपसमा मर्ज हुने (गाभ्ने/गाभिने), प्राप्ती गर्ने एक्विजिशन० गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिएको छ ।

बीमा समितिले २०७९ चैत्र मसान्तभित्र जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको थियो । कम्पनी मर्जरको लागि विस्तृत लेखा परीक्षण (डिडिए) गर्नका लागि मुल्यांककर्ता नियुक्त गर्ने प्रयोजनको लागि पनि सभाले संचालक समितिलाई अख्तियारी दिएको छ ।

नवनियुक्त अध्यक्ष शुलभ अग्रवालले आगामी दिनमा कम्पनीको कामकारवाही तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाई कम्पनीको ब्यवसाय विस्तार गर्ने र शेयरधनीहरुको चाहना अनुसार कार्यसम्पादन स्तर उच्च स्तरमा बृद्धि गर्ने बताए ।

यसैगरी संचालक संदिप कुमार अग्रवालले शेयरधनीहरुलाई उच्च प्रतिफल प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार १८:२८