यी हुन हकप्रद सेयर निष्काशनका लागि अनुमति पाएका सँस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यी हुन हकप्रद सेयर निष्काशनका लागि अनुमति पाएका सँस्था



bordकाठमाडौँ  ४ म‌सिर । तीन ओटा वित्तिय सँस्थाले हकप्रद शेयर निष्कासनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले तीन वटा वित्तीय संस्थालाई हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको हो ।

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले १० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको छ  । बैंकको हकप्रदलाई इक्राले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । हाल १० करोड चुक्ता पुँजी रहेको बैंकको हकप्रद जारी पछि यो पुँजी २० करोड रुपैयाँ पुग्ने छ ।

त्यस्तै, सगरमाथा फाइनान्स लिमिटेडले ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डको अनुमति पाएको छ । यसअघि नै १५ दशमलव ८५५ प्रतिशतका दरले बानेस शेयर दिने घोषणा गरेको कम्पनीले बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीबाट उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले २९ लाख ५४ हजार ३८९ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।
नमस्ते वित्तिय संस्था लिमिटेडले पनि शतप्रतिशत अर्थात् एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले ३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

प्रकाशित : ४ मंसिर २०७३, शनिबार ०८:५५