सेयर बजारका साना लगानीकर्तालाई लाभकारी ४ टिप्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेयर बजारका साना लगानीकर्तालाई लाभकारी ४ टिप्स



shareसेयर बजारमा लगानी गर्न र यसबाट लाभ लिन धेरैको चहाना हुन्छ । तर, यसमा लगानी र सवाधानीको विषयमा जानकारी नभएका कारण धैरैले पैसा लगाउदैनन या त केही समयका लागि मात्रै लगानी गर्छन ।र, ह्वात्तै कमाउछन र गुमाउछन पनि । सेयर बजार लगानी गर्नको लागि धेरैनै उत्तम माध्यम हो । तर, यसमा केही सावधानी अप्नाउन सकेको खण्डमा नोक्सान हुने खतरालाई टाढा नै राख्छ । यहाँ हामी साना लगानीकर्ताको लागि लगानीका केही लाभकारी टिप्सहरु प्रस्तुत गरेका छौँ ।

१. लामो समय सम्म पैसा लगाउन लाभः सेयर बजारमा लगानी गर्दै गर्दा केही साना लगानीकर्ताहरु पैसा लगाउदा नै डराउने गर्छन । उनिहरुलाई बजार उतार चढाबकै कारणले पैसा डुब्छ भन्ने डर हुन्छ । यस कारण पनि उनिहरु थोरै समयको लागि मात्रै पैसा लगानी गर्छन । कुनै साना लगानीकर्ता त बिहान नै पैसा लगाउछन र दिउसो नै बेचिहाल्छन् । यो गलत हो । बिहान पैसा लगाउने र दिउसै बेच्ने बानीले आफ्नो लगानीमा छोटो लाभ त मिल्छ । त्यसैले ठुलो लाभको लागि लगानीको अबधी लामो नै हुनु पर्छ ।

२.त्यही पैसा लगाउनुहोस जुन लामो समय सम्म तपाईलाई काम छैनः तपाई हामी सबैले देखेका पनि छौ कि लगानीकर्ताले आफ्नो जरुरी खर्च गर्ने राशी नै सेयरमा लगाउछन् । यस्तो अवस्थामा लगानी गर्दा उनिहरुले न लामो समय सम्म लगानी गर्न सक्छन न यसबाट हुने नोक्सानलाई नै बहन गर्ने क्षमता राख्ने गर्छन । यस्ता लगानीकर्ताका लागि सेयरमा लगानी धेरै नै खतराको खेल हुन सक्छ । आखि र लाभ भै हाल्यो भने त ठिकै हो । नोक्सान भयो भने यस्ता लगानीकर्तालाई मानसिक तथा आर्थिक समस्या ल्याउन मात्रै सफल हुन्छ । यस कारण पनि जुन पैसा आफुलाई जरुरी छ । त्यो पैसा सेयरमा नलगाउनु होस । यस्तो पैसा लगाउनुहोस हानी –लाभको चिन्ता नल्याओस र बजारमा ढुक्कसंग लगेर राख्नुहोस ।

३.तुक्का नलगाउनु होस्, सेयर बजार जुवा घर हैनः साना लगानीकर्ताहरु सेयरलाई तुक्काको खेल नै सम्झन्छन् । जबकी ठिक उल्टो सेयरले एक रणनितिको माग गर्दछ । तपाई कुन कम्पनीको सेयर खरिद गर्दै हुनुहून्छ । त्यसको बजारमा अवस्था कस्तो छ ? पछिल्लो समयमा सेयर बजारमा त्यस कम्पनीको अवस्था कस्तो छ? आदी कुराको एउटा लगानीकर्तालाई जानकारी हुन जरुरी छ । कम मुल्य देखेर जवाको खेलको जस्तै सेयर किन्न र त्यसबाट केही समय लाभ लिन सकिन्छ ।तर, बजारमा नदेखिएका र जानकारीको अभावले धेरै दिन सम्म यो तुक्का कायम नरहन सक्छ । यसको मुख्य नतिजा हुन्छ सेयर लगानीकर्तालाई घाटा । त्यसैले कुनै पनि कम्पनीको सेयर खरिद गर्नुभन्दा अगाडी त्यस कम्पनीको वर्तमान अवस्था र विगतमा उसको सेयरको अवस्थाको बारेमा राम्रोसंग जानकारी लिनु आवश्यक छ ।

४. प्रोफेशनलस हायर गर्नुहोस ः धेरै लागानीकर्ताहरु समय र जनकारीको अभावमा टे«डिङ्गको प्रोफेशनलसको सुविधा लिने पनि गर्छन । बजारमा यस्ता धेरै प्रोफेशनल भेटिन्छन तिनिहरुले तपाईको पैसाको सहि ठाउमा लगानी गर्ने सुझावहरु दिन्छन । तर त्यस बापत तपाईले निश्चित शुल्क उनिहरुलाई बुझाृउनु पर्ने हुन्छ । तर कतिपय अवस्थामा देखिन्छ कि प्रोफेशनलसहरु ले लगानीकर्तामा भएको अभावलाई मौकामा राखेर उल्टै फाइदा लिइरहेका पनि हुन्छन । लगानीकर्ताको पैसा उनिहरुले आफ्नो फाइदाको लागि धेरै ठाउमा लगानी गर्न पनि उक्साउछन् । लगानीकर्तालाई जहाँ १ लाख फाइदा हुन्छ, त्यहाँ जम्मा ४० हजार मात्रै देखाउन पनि सक्छन । यस कारण यो जरुरी छ कि प्रोफेशनलस हायर गरे पछि सबै कुरामा उनिहरुमा भर नपर्नु होस् । त्यस कारण जुन कम्पनीमा आफु लगानी गर्न चाहिरहनु भएको छ, त्यसको वर्तमान अवस्था , विगतको अवस्था , बजारमा देखिएको वर्तमान अवस्था आदीका बारेमा पनि विभिन्न हिसाबले जानकारीमा राख्नुहोस । तपाइ आफै चनाखो बन्नुभयो भने प्रोफेशनलसहरुले तपाइलाई झुटो बोलेर झुक्याउन सक्दैनन् ।

यस्तै तपाईलाई सेयरका केही प्रोफेशनल ट्रमसको बारेमा पनि जानकारी हुन आवश्यक छ । जस्तैः सेयर बजारको अधार के हो र यसले कसरी काम गर्छ ? सेयर खरिद बिक्रीका केही आधिकारीक नियम, व्यालेन्सिट (वासलात)हेर्ने प्रकृया आदीका बारेमा पनि लगानीकर्ताले जानकारीमा राख्नुपर्छ ।

प्रकाशित : ५ मंसिर २०७३, आईतवार ०२:२३