नेप्सेमा दोहोरो अंकको बृद्धि, कारोबार रकम भने बढ्न सकेन् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दोहोरो अंकको बृद्धि, कारोबार रकम भने बढ्न सकेन्



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको काराेबारकाे पहिलो दिन आईतबार दोहोरो अंकले बढेको छ । आज नेप्से १७.९५ अंकले बढेर दुई हजार दुई सय ५६ दशमलब ५६ विन्दुमा रोकिएको हो ।

त्यस्तै, आज कारोबार रकम भने घटेको छ । आज नेप्सेमा एक अर्ब ३२ करोड ६४ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका मध्ये १३६ कम्पनीको शेयरमूल्य बढेको छ, ५२ कम्पनीकोे शेयरमूल्य घटेको छ भने ५ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।

यसमध्ये पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस कम्पनीको शेयरमूल्य आज प्रतिकित्ता १६७२.६० रुपैयाँ पुगेको छ।

नेप्सेका अनुसार आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र एनआईसी एसिया सेलेक्ट फण्ड -३० का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य करिब ४ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ७ करोड ५३ लाख ५९ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २५ बैशाख २०७९, आईतवार १५:३१