सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाको ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाको ?



काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा एक सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार एक २ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२८५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : २६ बैशाख २०७९, सोमबार ११:१९