नेपाली किसानलाई समृद्ध बनाउने रामदेवको रहर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाली किसानलाई समृद्ध बनाउने रामदेवको रहर



baba-ramdev-85काठमाडौं  ७ मंसिर। पतञ्जली योगपिठले नेपालमा विभिन्न उद्योग सञ्चालन गर्ने भएको छ । मंगलबार काठमाडौं आइपुगेका भारतीय योग गुरु रामदेले पत्रकार सममेलन गरेर नेपालमा पतञ्जली आयुर्वेद उद्योग सञ्चालन गर्न लागेको बताए ।

योगगुरु रामदेवले नेपालका जडिबुटीहरुको उपयोग गर्दै भारत बाहिर पहिलो पटक आयुर्वेद उद्योग दर्ता गर्न लागेको बताए । उनले नेपालमा उत्पादित जडिबुटीको प्रयोग गरेर उद्योग सञ्चालन गरी किसानहरुलाई समृद्ध बनाउने बताए ।

रामदेवले नेपालमा उत्पादन भएका आयुर्वेदिक औषधिबाट नाफा नकमाउने र आएको पैसाले नेपालको हितमा प्रयोग गर्नेसमेत दावी गरे । योग गुरु रामदेवले भारत बाहिर पहिलोपटक सञ्चालन गर्न लागेको आयुर्वेदिक औषधि उद्योगबाट अधिकतम् र गुणस्तरिय सामाग्री उत्पादन गर्ने बताए ।

आयुर्वेद उद्योगको आगामी बिहिबार राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपाल भ्रमणका क्रममा योगगुरु रामदेवले निशुल्क योग शिविर पनि सञ्चालन गर्ने बताइएको छ ।

प्रकाशित : ७ मंसिर २०७३, मंगलवार १३:१९