सांसदै कारण रोकियो १० अर्ब २० करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सांसदै कारण रोकियो १० अर्ब २० करोड



ca-buildingकाठमाडौं, ९ मंसिर । समानुपातिक सांसदहरुले तोकिएको समयअवधिमा कार्यक्रम छनोट नगर्दा चालू आर्थिक वषको निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष र निर्वाचन क्षेत्र विकास कार्यक्रमको १० अर्ब २० करोड ५० लाख रुपैयाँ निकासा रोकिएको छ ।

दुवै कार्यक्रम कार्यान्वयनका लागि सांसदहरुले कात्तिक मसान्तभित्र योजना छनोट गरी पेश गर्नुपर्ने व्यवस्था भएपनि समयमा योजना छनोट नगर्दा बजेट निकासा रोकिएको हो ।

निर्वाचन क्षेत्र पूवार्धार विकास विशेष कार्यक्रम सञ्चालन कार्यविधि (पहिलो संशोधन) नियमावली २०७१ ीनयम ५ (२) र निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन कार्यविधि (छैठौं संशोधन) नियमावली, २०५८ को नियम ३(३) मा सांसदहरुले कात्तिक मसान्तमै योजना छनोट गर्नुपर्ने उल्लेख भएको छ । तर, उनीहरुले यो नियमलाई अवज्ञा गर्दा पहिलो चौमासिकमै यो शीर्षकमा जिल्लामा जाने पूँजीगत बजेट रोकिएको खबर आजको कारोबार दैनिकले छापेको छ ।

प्रकाशित : ९ मंसिर २०७३, बिहीबार ०२:४७