बुद्ध एयरले आगामी जेठ १ गतेदेखि रात्रिकालीन उडान भर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

बुद्ध एयरले आगामी जेठ १ गतेदेखि रात्रिकालीन उडान भर्ने



काठमाडौं । बुद्ध एयरले आगामी जेठ १ गतेदेखि विभिन्न गन्तव्यहरूमा रात्रिकालीन उडान सेवा विस्तार गर्ने भएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आगामी मे १५ देखि रात्रिकालीन उडान विस्तार गर्ने घोषणा गरेको हो ।

जारी विज्ञप्ति अनुसार दैनिक कामकाजमा व्यस्त यात्रुहरूका लागि रात्रिकालीन उडान निकै आकर्षक हुने छ । रात्रिकालीन उडानमा तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा उडान गरिने भएको छ । जसमा राति ८ बजेदेखि १२ बजेसम्म उडान गरिने भएको छ ।


रात्रिकालीन उडान हुने गन्तव्यहरुमा त्यहाँको प्रदेश र स्थानीय सरकारले सार्वजनिक यातायातको सुविधाको लागि अनुरोध गरेको समेत बुद्ध एयरले जानकारी दिएको छ ।

प्रकाशित : २९ बैशाख २०७९, बिहीबार १४:१५