सानिमा माई हाइड्रोपावर एक सय प्रतिशत हकप्रद ल्याउने तयारीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सानिमा माई हाइड्रोपावर एक सय प्रतिशत हकप्रद ल्याउने तयारीमा



sanima_11_23_2016_11_37_07काठमाडौं  ९ मंसिर  । सानिमा माई हाइड्रोपावर कम्पनीले एक सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले एक अर्ब पाँच करोड ५० लाख रूपैयाँको एक करोड पाँच लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । गैरआवासीय नेपालीले प्रवद्र्धन गरेको यो कम्पनीले अहिले विद्युत उत्पादन गरेर बिक्रीसमेत गरिहेको छ ।

सानिमा माई हाइड्रोपावरको हकप्रदमा बिक्री प्रबन्धकको काम एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेडले गर्दैछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सानिमा माई हाइड्रोपावरले १७ करोड तीन लाख ४५ हजार रूपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी १६ रूपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ एक सय १७ रूपैयाँ देखाएको छ ।

प्रकाशित : ९ मंसिर २०७३, बिहीबार ०२:५७