नेप्से परिसुचकमा १८.६४ अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसुचकमा १८.६४ अंकको गिरावट



काठमाडौं । केहि दिनदेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहिबार भने गिरावट आएकाे छ । यस साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो ।

आज नेप्से १८.६४ अंकले घटेर दुई हजार ३ सय ५० दशमलव ४३ विन्दुमा रोकिएको छ ।
आज कारोबार रकममा भने वृद्धि भएको छ । आज दुई अर्ब ३२ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनी मध्ये ३४ कम्पनीको शेयरमूल्य बढेको छ, १५१ कम्पनीकोे शेयरमूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ। यसमध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । यसको शेयरमुल्य प्रतिकित्ता २४४८.६० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेर प्रतिकित्ता १२३६.१० रुपैयाँमा झरेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ११ करोड १० लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २९ बैशाख २०७९, बिहीबार १५:३८