श्रीलंकाको प्रधानमन्त्रीमा विक्रमासिंघे नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

श्रीलंकाको प्रधानमन्त्रीमा विक्रमासिंघे नियुक्त



काठमाडौं । श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपति गोटबाया राजापाक्षेले रनिल विक्रमासिंघेलाई नियुक्त गरेका हुन्।

विक्रमासिंघे श्रीलंकाको पूर्व प्रधानमन्त्री भईसकेका छन् । हाल श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिरहेको छ। श्रीलंकामा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट केही दिनमात्र अघि राजीनामा दिएका थिए । (ऐजेन्सी)

प्रकाशित : ३० बैशाख २०७९, शुक्रबार १७:४१