७७ मतदान केन्द्रमा झडप र विवादका कारण निर्वाचन स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

७७ मतदान केन्द्रमा झडप र विवादका कारण निर्वाचन स्थगित



काठमाडौं । देशभर रहेका ७७ मतदान केन्द्रमा झडप र विवादका कारण निर्वाचन स्थगित भएको छ । निर्वाचन आयोगले प्रकाशित गरेको विवरण अनुसार ४३ वटा मतदानस्थलको ७७ मतदान केन्द्रमा स्थगित भएको हो ।

केही मतदानस्थलमा एकभन्दा बढी मतदान केन्द्र बनाइएको हुँदा एक केन्द्रमा झडप भएको अवस्थामा त्यस मतदानस्थलमा रहेका सबै केन्द्रमा मतदान स्थगित भएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भएको थियो । आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र ९जेईओसी०का अनुसार २८ वटा स्थानीय तह र १६ जिल्लामा कुनै न कुनै रुपमा निर्वाचन प्रभावित भएको छ ।

७ प्रदेशमध्ये लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा निर्वाचन स्थगित नभएको पनि आयोगले जनाएको छ । साथै अहिलेसम्मको प्रारम्भिक विवरण अनुसार ६४ प्रतिशत मतदान भएको भन्दै आयोगले विभिन्न ठाउँमा मतगणना शुरु भएको जनाएको छ ।

प्रकाशित : ३१ बैशाख २०७९, शनिबार ११:४९