चुनाव सकिएपछि १० रुपैयाँले बढ्यो पेट्रोलको मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

चुनाव सकिएपछि १० रुपैयाँले बढ्यो पेट्रोलको मूल्य



काठमाडौं । नेपाल आयत निगमले डिजेल र पेट्रोलको मूल्यमा वृद्धि गरेको छ । शनिबार सार्वजनिक गरिएको निगमको सूचनामा डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ बढाएको हो।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले वृद्धि भएको उक्त मूल्य शनिबार मध्यरातदेखि लागू हुनेगरी वृद्धि गरेको जनाएको छ ।

सरकारले वृद्धि गरेको पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेल / मट्टीतेलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ भएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने वृद्धि नभएको निगमले जनाएको छ ।

प्रकाशित : १ जेष्ठ २०७९, आईतवार ०८:४४