रेमिट्यान्स घट्दा अर्थतन्त्रमा समस्या, विकल्प सोच्न राष्ट्र बैंकको सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

English

रेमिट्यान्स घट्दा अर्थतन्त्रमा समस्या, विकल्प सोच्न राष्ट्र बैंकको सुझाव



Nepal-Rastra-Bank_Panorama1_20111122085657काठमाडौं, १० मंसिर  । रेमिट्यान्स घट्दा अर्थतन्त्रमा समस्या पर्ने भन्दै तत्काल विकल्पको बारेमा सोच्न नेपाल राष्ट्र बैंकले सरकारलाई सुझाव दिएको छ ।

राष्ट्र बैंकको अनुसन्धान विभागले केही दिनअघि अर्थ मन्त्रालयमा बुझाएको ‘रेमिट्यान्स घट्दा अर्थतन्त्रमा आउन सक्ने जोखिम’ विषयक अध्ययनको प्रारम्भिक प्रतिवेदनमा रेमिट्यान्स घट्दा नेपालको अर्थतन्त्र पूर्ण रूपमा प्रभावित हुने उल्लेख छ ।

अध्ययनले वैदेशिक रोजगारीमा जाने तथा रेमिट्यान्सको वृद्धिदर घट्नुको कारण खाडी राष्ट्रमा कच्चा तेलको मूल्य घट्नुलाई मानेको छ ।

तथ्यांकअनुसार गत असोजसम्ममा नेपालमा एक खर्ब ७१ अर्ब रुपैयाँ रेमिट्यान्स आएको छ । गत वर्षको असोजको तुलनामा यो वृद्धि ३।२ हो । अघिल्लो वर्षको असोजमा यस्तो वृद्धि २४ प्रतिशत थियो ।

चालू आवको पहिलो तीन महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ ।

तीन महिनामा ९५ हजार ३ सय ९५ कामदार वैदेशिक रोजगारीका लागि गएका छन्, जबकि अघिल्लो वर्षको पहिलो तीन महिनामा विदेश जानेको संख्या १ लाख १३ हजार ४ सय ५५ थियो ।

चालू आर्थिक वर्षको साउनदेखि रेमिट्यान्स वृद्धि घटेपछि अर्थ मन्त्रालयको आग्रहमा राष्ट्र बैंकको अनुसन्धान विभागले अध्ययन गरेको हो ।

राष्ट्र बैैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले तेलको मूल्य नबढ्दासम्म खाडी तथा मलेसियाको रोजगारीमा सुधार नआउने देखिएको हुँदा विकल्प सोच्नका लागि सरकारलाई सुझाव दिएको बताए । “रेमिट्यान्स घटेपछि नेपाली अर्थतन्त्रमा कस्ता खालको समस्या पर्छ भनेर अध्ययन गरेका थियौं” उनले भने, “खाडीमा देखिएको आर्थिक संकटले नेपालीको रोजगारीमा ठूलो समस्या परेको देखिएको छ ।”

भूकम्पपछिको पुनःनिर्माणको लागि ठूलो जनशक्ति आवश्यक हुने भन्दै श्रम बजारमा आउने जनशक्तिलाई त्यसको परिचालन गर्न अध्ययनले सुझाव दिएको बताए ।

राष्ट्र बैंकले तयार पारेको प्रतिवेदनमा अर्थ मन्त्रालयमा बृहत् छलफलपछि रेमिट्यान्स घट्दा अर्थतन्त्रमा पर्न सक्ने जोखिमलाई कम गर्ने उपायबारेमा केही गर्ने तयारी मन्त्रालयको रहेको खबर आजको कारोबार दैनिकले छापेको छ ।

प्रकाशित : १० मंसिर २०७३, शुक्रबार ०३:०४