बजार बुम भएका बेला कसरी लगानी सुरक्षित गर्ने ? १० सुत्रहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बजार बुम भएका बेला कसरी लगानी सुरक्षित गर्ने ? १० सुत्रहरु



boom-to-bustशेयर बजारको राम्रो जानकारी हुनेलाई धनी बन्न गाह्रो छैन ।  शेयर बजारमा लगानी गर्नुले पनि थोरै रकमले धेरै आयको बाटो बनाउछँ । यसका लागि शेयर बजारबारे बझ्नु र आवश्यक तरिकाहरु जान्नुपर्छ । शेयर बजारमा गरिएको  सानो लगानीले करोडपति बनाएका थुप्रै उदाहरण छन् । स्टक मार्केटमा लगानी गरेर एकै रातमा करोडपति बन्ने सोच राख्दा  धैर्यताको अभावमा गरिएका लगानी डुबेका पनि छन् ।

शेयर बजारमा आफ्नो लगानीका साथसाथै कला कौशल प्रयोग गरी करोडपति बनेका टिम जि र माइकल जि ले शेयर बजारमा लगानी गर्दा १० वटा कुराहरुमा ध्यान दिनुपर्ने बताएका छन् ।  उनीहरुले अपनाएका यी १० सुत्रहरु  पालन गर्न सकेमा आफ्नो उदेश्यमा पुग्न ठुलो मदत हुने उनीहरु बताउँछन् ।

१. हट स्टकले बनाएको उचाईलाई अध्ययन गरिराख्ने

जब शेयर बजारको सपना देख्न सुरु गर्नुहुन्छ, अवश्य पनि बजारमा बढी चर्चा र कारोबारमा रहेको शेयर अर्थात  हट स्टकबारे आफ्नो ध्यान बनाइराख्नुपर्छ । अध्ययन तथा अनुसन्धान गनुहोस् । स्टकले नयाँ उचाइ बनाइराख्दा स्टकको प्याट्रन तथा स्थानबारे ध्यान बनाइ राख्नुहोस् । शेयर बजारमा हल्लाले बनाएको नयाँ गिरावटलाई खासै ध्यान नदिनुहोस् ।

२. शेयर किन्नुहोस् र छोटो समयको अन्तरालमा नै बेचिहाल्नुहोस्

केही यस्ता व्यक्तिहरु हुन्छ जो मार्केट उचाइमा पुगेपछि मात्र धनी हुने सोच राख्छन् । छोटो समयमा गरिने किनबेचलाई प्राथमिकता दिनुहोस् । नाफा कमाउन धेरै समय होल्ड गरेर बस्नु राम्रो हुँदैन । कारोबार गरिरहेकाहरुले गरेको सफलताबारे अध्ययन गर्नुहोस् । त्यो नै नाफा कमाउने सुचक बन्नेछ ।

३. घाटालाई तुरुन्त कम गर्नुहोस्

शेयर बजारमा सफलता पाउन चाहानुहुन्छ भने पहिला आफ्नो घमण्ड पुर्णरुपमा हटाउनुहोस् । यस्तो अवस्थामा केही समयका लागि पछाडि सर्नुपर्नेहुन्छ तर नोक्सानी कटौती गर्दै अगाडि बढ्नुपर्छ । नोक्सानीलाई लिएर निराश नभइकन अगाडि बढ्नका लागि तयार हुनुहोस् । कतिसम्म नोक्सानी व्यहोर्ने भन्ने बारेमा पहिले नै योजना बनाउनु होस् ।

४. थोरै वा धेरै नाफा लिन नहिचकिचाउनु होस्

जबसम्म तपाईले गरेको लगानीबाट फाइदा लिइसक्नुहुन्न तबसम्म फाइदा भयो भनेर सोच्नु गलत हुनेछ । जति पनि फाइदा हुन्छ त्यसलाई जतिसक्दो चाँडो बुक गर्नुहोस् । मार्केट केही मिनेटमै परिवर्तन हुने हुदाँ जे गरें ठिक गरे भन्ने सोचमा जोड दिनुहोस् । नाफा कति कमाउने अर्थात कुनै पनि शेयरको मुल्य कति बढ्दा तपाईले नाफा कमाइयो अब बेच्छु भन्ने यकिन गर्नुहोस् न कि अझै बढ्छ अनि बेच्छु । अझै बढ्छ अनि बेच्छु भन्ने लालसा लिनु भयो भने बजार भाउ माथि नगई तल झरेको खण्डमा पछुताउनु सिवाय केही हुँदैन ।

५. नयाँ प्रविधिहरुको प्रयोग गर्नुहोस्

हरेक क्षेत्रलाई प्रविधिले प्रभाव पारिरहेको कुरालाई ग्रहण गर्नुहोस् । तपाई पनि शेयर बजारमा लगानी गरेर फाइदा कमाउन चाहानुहुन्छ भने आफुलाई पनि त्यसै अनुसार परिवर्तन गर्नुहोस् । प्रविधि सम्बन्धि कम्पनीहरुले के गर्दैछन् भनेर अत्तालिनुको साटो आफु पनि त्यसमा अभ्यस्त हुने जमर्को गर्नुहोस् । अब बजार पुर्णतया प्रविधिमा आधारित हुने भएकाले आफ्नो लगानीबाट नाफा कमाउन नयाँ प्रबिधि र बिजनेश मोडेललाई बुझ्ने पयास गरिराख्नुपर्छ । प्राविधिक विश्लेषण, अनलाइनबाट हुने बैंकिंग कारोबार, डिम्याट खाता लगायतका बजारका प्रविधिजन्य विषयलाई आत्मसाथ गर्दै बुझ्ने कोशिस गर्नुहोस् ।

६. लिकुइड स्टकसँग टाँसिरहनुहोस्

यदि तपाई फरक ढंगले बजार बुझेर आम्दानी गर्न चाहानुहुन्छ भने लिकुइड स्टकमा टासिरहनु उत्तम उपाय हो । लिकुइड स्टक अर्थात बजारमा धेरै कारोबार भैरहने कम्पनीको शेयर खरिद बिक्रि गर्ने बानी गर्नु भयो भने चाहेको समयमा शेयर किन्न अनि बेच्न र नाफा बुक गर्न सकिन्छ । यस्तो स्टकमा धेरै आम्दानी नभए पनि छोटो समयमा आम्दानी निरन्तर रुपमा गर्न सकिने भएकाले त्यो तपाईका लागि दिगो हुन सक्छ ।

७. बजारमा चल्ने जस्तो सुकै हावादारी कुराको पछाडि नलाग्नुहोस्

कारोबारमा कुराहरु सस्ता हुन्छन् । कसैले दिएका कसम तथा सपनाका पछाडि नलाग्नुहोस् । फलानोले फलानो कम्पनीको शेयरबाट यति कमायो, फलानोले भनेको फलानो कम्पनीले यति बोनस दिन्छ भन्ने जस्ता कुराको पछि नलाग्नु होस् । यस्ता कुरा सुन्नु भयो भने वास्तविकता के हो पत्ता नलगाई कुनै कदम नचाल्नुहोस् । तपाईलाई शेयर किन्न उकास्ने व्यक्तिले शेयर बेच्ने समयको जानकारी नदिंदा उसले नाफा कमाए पनि तपाई घाटा पर्न सक्ने भएकाले आफ्नो निर्णय आफैं गर्नुहोस् ।

८. एकै पटकमा धेरै कम्पनीको शेयर नलिनु होस्

एकै पटकमा धेरै कम्पनीको शेयर खरिद गर्दा तपाईको पोर्टफोलियो के भईरहेको छ भनेर जानकार हुन नसक्ने तथा भनेको समयमा सबै शेयरको अध्ययन गर्न नसक्ने समस्याले चाहेको समयमा शेयर बिक्रि गर्न नसक्ने अवस्था आउन सक्छ । धेरै कम्पनीका धेरै शेयर हुँदा सोचाई धेरै हुने अनि त्यसले तनाव महशुस गराउनेतर्फ चनाखो हुनुहोस् । साथै एउटै कम्पनीको धेरै शेयर नलिनुहोस् । नाफा आउँदा त एउटाबाट धेरै आउन सक्छ त कारणबस नोक्सान भयो भने एउटै कम्पनीको धेरै शेयर कै कारण धेरै नोक्सान हुन्छ भन्ने कुरालाई नबिर्सिनुहोस् । आफ्नो क्षमता अनुसार ३० प्रतिशतभन्दा ज्यादाँ लगानी नगर्नुहोस् ।

९.धेरै सस्तो शेयर किनिरहनु आवश्यक छैन तर उछालमा रहेका बेच्नुहोस्

लगानीकर्ताले कहिले काँही कारोबार हुने सबैभन्दा सस्तो मुल्यमा रहेका शेयर किन्नुभन्दा पनि उछालमा रहेका शेयर बेचेर फाइदा लिनु बुद्धिमानी हुन्ेछ । मध्यम मुल्यका निरन्तर कारोबार हुने शेयरबाट पनि फाइदा लिन सकिन्छ । साथै सबैभन्दा सस्तो शेयर किनेर फाइदा गर्छु भन्ने सोच गलत नभए पनि उछालका सबैभन्दा बढी कारोबार हुने शेयरले फाइदा दिने सम्भावना निकै बढी हुन्छ ।

१०. सधै एउटा योजना बनाउनुहोस्

यदी तपाई गम्भिर भएर शेयर बजारबाट लामो समयसम्म नाफा कमाउने योजनामा हुनुहुन्छ भने एउटा केन्द्रिकृत योजना बनाएर अगाडि बढ्नु राम्रो हुन्छ । डर र लोभ दुवैलाई मिलाएर अगाडि बढ्नसक्नुपर्छ । आफ्नो योजनाबाट बिमुख नहुनुहोस् । सामान्य नोक्सानी देखिंदा नआत्तिनुहोस् । तपाईको इच्छाशक्ति र तपाईले बनाएको योजनाले नै तपाईको कमाईलाई निर्धारण गर्छ । लगानी गरिसकेपछि त्यसमा आउने संभावित जोखिमलाई सहन गर्ने क्षमता अनुसार मात्र लगानी गनुहोस्, जसले तपाईको आत्मविश्वासलाई अझै बढाउन सकोस् । याे अालेख विभिन्न अनलाइन र एजेन्सीहरुको सहयोगमा तयार पारिएको हो ।

प्रकाशित : १० मंसिर २०७३, शुक्रबार ०३:२७