समितिले तीन बीमा कम्पनीलाई मर्जरमा जान दियो सैद्धान्तिक सहमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

समितिले तीन बीमा कम्पनीलाई मर्जरमा जान दियो सैद्धान्तिक सहमति



काठमाडौं । बीमा समितिले तीन जीवन बीमा कम्पनीहरुलाई मर्जरमा जानका लागि सैद्धान्ति सहमति प्रदान गरेको छ । समितिले आज मंगलबार “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सलाई एक आपसमा गाभ्न र गाभिन सैद्धान्तिक सहमति दिएको हो ।

त्यसैगरी निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न समेत निर्देशन दिइएको छ । ती कम्पनीहरुले आफूहरुबीच आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सहमति भएको जानकारी दिँदै त्यसका लागि संयुक्तरुपमा निवेदन दिई सहमति माग गरेकाले समितिले त्यस सम्बन्धमा आज सैद्धान्तिक सहमति प्रदान गरेको हो ।
तीन कम्पनीबीच बैशाख २९ गते मर्जरमा जाने प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

यस अघि समितिले बैशाख १३ गते हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई पनि मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

प्रकाशित : ३ जेष्ठ २०७९, मंगलवार १६:५२